बाख्रा ब्लकमा आवद्ध कृषकलाई अनुदान वितरण

Gandaki Kotihome

बेनी, बेनी नगरपालिकाका ६ वटा वडालाई समेटेर बाख्राको व्यवसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रममा आवद्ध कृषकहरुलाई बिहिबार रु. सोह् लाख भन्दा बढी अनुदान वितरण गरिको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जिल्ला बाख्रा ब्यवसायी संघ मार्फत बेनी नगरपालिकाको १ देखि ६ नम्बर वडामा बाख्रा ब्लक कार्यक्रम सञ्चालन गरेको छ ।

केन्द्रका नायव पशु सेवा प्राविधिक गणेश रिजालले बाख्रा ब्लक निरन्तरता कार्यक्रम अन्तरगत ६५ जना कृषकहरुलाई प्रतिव्यक्ति रु. २४ हजार ६२५ का दरले अनुदान वितरण गरिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

खोर तथा ओपन याड निर्माण, मर्मत, प्रजनन बोका खरिद, यान्त्रिकरण कार्यक्रमका लागि सम्झौता गरेका सबै कृषकहरुले कार्यसम्पन्न गरेपछि रकम वितरण गरेको उहाँले बताउनुभयो ।
केन्द्रका प्रमुख जिवनप्रसाद आचार्यले सबै कृषकहरुको फार्म अनुगमन गरेर सम्झौता अनुसारको काम गरेको प्रमाणित भएपछि रु. सोह् लाख ६२५ नगद अनुदान वितरण गरिएको बताउनुभयो ।

Notice about ban dadalo

कार्यक्रम अन्तरगत यसअघि ७५० किलोग्राम सुदान, बजरा, टियोसेन्टी जातको घाँसको विउका साथै आइभरनाइट ट्याब्लेट, मिनिरल र बाह्य परजिवी विरुद्धको औषधी वितरण गरिएको थियो । कृषकहरुलाई अभिमुखीकरण र अन्तरक्रिया भइसकेको छ ।

चालु आर्थिक वर्षमा रु. २० लाख बिनियोजन भएको (ब्लक) कार्यक्रम मार्फत खोर तथा ओपन याड मर्मत, प्रजनन् बोका, फार्म यान्त्रिकरण, मासु पसललाई फ्रिज प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको जिल्ला बाख्रा व्यवसायी संघका उपाध्यक्ष महेन्द्र बानियाले बताउनुभयो ।

व्यावसायिक बाख्रापालन विस्तार, मासुको उत्पादन बृद्धी, गुणस्तर सुधार र बजारीकरणमा सघाउने उद्देश्यले गत वर्षदेखि ब्लक कार्यक्रम शुरु भएको थियो । गत वर्ष ३९ जना कृषकहरुले ब्लक कार्यक्रममा आवद्ध भएका थिए ।

यस वर्ष १० वटा भन्दा बढी बाख्रा पालेका कृषकलाई कार्यक्रममा आवद्ध गराइएको जिल्ला बाख्रा ब्यवसायी संघका सचिव नरबहादुर थापाले बताउनुभयो । म्याग्दीलाई मासुमा आत्मनिर्भर बनाउने र नश्ल सुधारका लागि आवश्यक उन्नत जातका बोका उत्पादन गर्ने लक्ष्य रहेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...