एकै दिन आठ जना पर्वतारोही धवलागिरीको चुचुरोमा

Gandaki Kotihome

८४ वर्षीय कार्लोसको धवलागिरी चढ्ने १४ औ प्रयास विफल

बेनी, । संसारको सातौ आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको चुचुरोमा बुधबार आठ जना पुगेका छन् ।

म्याग्दीमा रहेको धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने यो हिमालमा सेभेन समिट टे«क्सका पाँच जना र पाइएर एडभेन्चर मार्फत तीन जनाले आरोहण गरेका हुन् । पर्यटन विभागबाट यस वर्ष धवलागिरी आरोहणका लागि ११ जना महिला सहित ३५ जनाले अनुमति लिएका थिए ।

Upper Myagdi transmition line notice

सेभेन समिट टे«क्स मार्फत नर्वेका भिवेके आन्ड्रेया सेफ्लेन्ट, पाकिस्तानका शेहरोज काशिफ, भारतका जितेन्द्र रामदा कवारे, नेपालका छेपाल शेर्पा, जाङव्बु शेर्पाले बुधबार बिहान धौलागिरि हिमालको सफल आरोहण गरेका हुन् ।

पाइनियर एडभेन्चरले आफ्नो कम्पनी मार्फत सतीश रवीन्द्र गोगिनेनी, पासाङ शेर्पा र दावा दोर्ची शेर्पाले धवलागिरीको चुचुरोमा पुगेका जनाएको छ । धवलागिरीमा यो सिजनको पहिलो आरोहण जेठ १ गते बिहान ७.३० बजे पोल्याण्डका आरोहीद्वय वार्टेक जिम्सी र ओसवाल्ड रोड्रियोले गरेका आरोहणको व्यवस्थापन गरेको सेभेन समिटका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईले बताउनुभयो ।

आरोहणबाट फर्केपछि वार्टेकले चार हजार सात सय मिटर उचाईको वेस क्याम्पमा स्की समेत खेल्नुभएको थियो । धौलागिरि हिमालमा यस सिजनमा ११ जना महिलासहित ३५ जना पर्वतारोहीले आरोहण अनुमति लिएका छन् ।सेभेन समिटबाट २६ जना र बाँकी इलाईट एडभेन्चर र पाइनर एडभेन्चरबाट आरोहणमा गएका हुन् ।

Annapurna aarohan ko notice

धौलागिरि प्रथम हिमालको चुचुरो चुम्ने स्पेनी ८४ वर्षिय जेष्ठ पर्वतारोही कार्लोस सोरिया फोन्टेन को सपना अधुरै रहने भएको छ । स्पेनबाट धौलागिरि आरोहणका लागी बिदाई हुनु अघि कार्लोसले भन्नुभएको थियो, ‘उमेरको कीर्तिमान राख्न होईन की पर्वतारोहणको आनन्दको निरन्तरताका लागी धौलागिरि आरोहणमा जाँदैछु ।’

बुधबार बिहान धौलागिरि हिमालको तेस्रो शिविरबाट चुचुरोमा पुग्न उक्लने क्रममा कार्लोस अचानक दुर्घटनामा परी घाईते भएपछि उनको धौलागिरिको चुचुरोमा पाईला राख्ने १४ औं प्रयास असफल बनेको हो ।

दुर्घटनामा परेका कार्लोसलाई शेर्पाहरुको सहयोगमा क्याम्प तीनमा झारिएको छ । कार्लोसको फेसबुक पेज अनुसार बधुबार राती धौलागिरी चुचुरोमा पुग्ने क्रममा दुर्घटनामा परी टिबियामा चोट लागेको र शेर्पाहरुले उद्धारगरी क्याम्प तीनमा झारेको तथा होलिकोप्टरबाट उद्धार प्रयास भइरहेको उल्लेख छ ।

जेष्ठ पर्वतारोही कार्लोसलाई धौलागिरि आरोहण गराउन लिएर गएको सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईले पनी दुर्घटनाको पुष्टी गर्नुभयो । ‘कार्लोर तेस्रो क्याम्पबाट शिखर चढ्नेक्रममा लडेर उहाँको खुट्टा मर्कियो । उहाँलाई शेर्पाहरुले तत्काल उद्धार गरी तेस्रो क्याम्प झारेका छौं । हेलिकोप्टरबाट उद्धार प्रयासमा छौं’ गुरागाईंले भन्नुभयोे, ‘सबै भन्दा जेष्ठ उमेरमा धौलागिरि चढ्ने धोको लिएर १३ औं प्रयासमा रहेका कार्लोसको सपना यस सिजनमा पनि अधुरो बनेको छ ।’

कार्लोस सहकर्मी कार्कोभिल्लाको साथमा धौलागिरि आरोहणका लागी मार्च २४ मा स्पेनबाट बिदा भएका थिए । सन् २०२१ सेप्टेम्बर १४ तारेखमा पनि १३ औं प्रयासमा कार्लोस धौलागिरिको ७ हजार १ सय मिटर उचाईको तेस्रो क्याम्प फिक्स गरेपछि धौलागिरिको मौसम अचानक बिग्रेपछि आरोहण त्यागेर फर्कनुभएको थियो ।

कार्लोसले यस अघि आफ्नो ६०–८२ बर्ष उमेरमा नेपालका सगरमाथा, चोयु, मकालु, मनास्लु, लोत्से, कन्चनजंगा, अन्नपूर्ण समेत ८ हजार मिटर अग्ला १२ वटा हिमालको अरोहण गरी विश्व किर्तिमान राख्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...