मंगलामा काँग्रेसका २२ जना नेकपा प्रवेश

Gandaki Pardesh notice

बेनी । मंगला गाँउपालिकाको बिभिन्न ठाउँका २२ जना मंगलबार नेपाली काँग्रेस परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

बाबियाचौरमा भएको पालिका स्तरीय संगठन कमिटिको बाबियाचौरमा भएको बैठकका अवसरमा बाबियाचौर, अर्मन, कुहुँ, बरंजा लगायत ठाउँका २२ जना प्रवेश गरेको नेकपा म्याग्दीले जनाएको छ । उनिहरु नेपाली काँग्रेस परित्याग गरेर नेकपामा प्रवेश गरेका नेकपाका प्रदेश कमिटि सदस्य टेकबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

उनिहरुलाई नेकपाका केन्द्रीय सदस्य, जिल्ला इञ्चार्ज तथा प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापा, प्रदेश कमिटिको कार्यालय सदस्य नवराज शर्मा, जिल्ला सचिव हरिकृष्ण श्रेष्ठ, प्रदेश कमिटि सदस्य टेकबहादुर विश्वकर्मा,मुना बानिया, खुम बानिया लगायतले नेकपामा स्वागत गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

नेकपा मंगलाका अध्यक्ष प्रेमप्रसाद रेग्मीको अध्यक्षता र सचिव याम रोकाको सञ्चालनमा सम्पन्न बैठकमा जिल्ला कार्यालय सदस्य तथा जिसस प्रमुख देवेन्द्र केसी, प्रचार बिभाग प्रमुख बालकृष्ण सुवेदी, जिल्ला कार्यालय सदस्य रेशम जुग्जाली, नेताहरु देवराज सुवेदी, चन्द्रप्रसाद रोका, गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य पुनम खड्का लगायतको उपस्थिति थियो ।

बैठकमा सदस्यता नबिकरण, जनवर्गीय संगठनको एकता टुङ्गो लगाउने, पार्टी र जनबर्गीय संगठन बिस्तार गर्ने लगायतका कार्ययोजनाका बिषयमा छलफल भएको थियो । म्याग्दीमा केही समय यता नेकपा र नेपाली काँग्रेसले एक अर्का पार्टीका नेता कार्यकर्ता प्रवेश गराउने प्रतिस्पर्धा चलेको छ ।

मंगलाको अर्मन घर भई हाल काठमाडौमा बस्ने नेकपाका पुराना नेता बलभद्र ढकाल र अनेरास्ववीयुका पुर्व जिल्ला अध्यक्ष रुद्र किसानलाई काँग्रेसले प्रवेश गराएको थियो । नेकपाले ढकाल र किसानको काँग्रेस प्रवेशले स्थानीय स्तरमा असर नपर्ने सन्देश दिदै आफ्ना कार्यकर्तालाई काँग्रेसमा जान नदिने र अन्य दलमा आवद्ध तथा स्वतन्त्र ब्यक्तिहरुलाई आफूतिर तान्न थालेको छ ।

सोमबार मालिका गाउपालिका–७ बिमका काँग्रेसका गाउँ इकाई सभापति सहित मालिका गाउपालिकाका विभिन्न ठाउँका ८५ जनालाई प्रवेश गराएको नेकपा म्याग्दीले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...