पत्रकार महासंघ म्याग्दीको भवन निर्माणमा अवरोध

Gandaki Ghumau

बेनी, नेपाल पत्रकार महासंघ, म्याग्दी शाखाको भवन निर्माणमा अवरोध भएको छ ।

बेनी नगरपालिकाले वि.स. २०७६ मा महासंघलाई दश वर्षका लागि भाडामा उपलब्ध गराएको वडा नम्बर ७ स्थित कित्ता न. १४१९ को ४ आना जग्गामा नयाँ भवन निर्माण र त्यहाँको पुरानो भवन प्रयोगमा अवरोध भएको हो ।

महासंघका शाखा अध्यक्ष प्रकाश पौडेलले नेत्रबिक्रम चन्द् (विप्लप) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको अवरोधका कारण बुधबार तय भएको भवन शिलन्यासको कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो ।

Shreekrishna

“तीन वर्षदेखि नगरपालिकालाई सम्झौता अनुसार वार्षिक रु. दश हजारका दरले भाडा तिर्दै आएका छौ,” उहाँले भन्नुभयो “हामीले भाडा तिरेको भवनमा अन्य व्यक्ति बस्दै आएका छन् । खाली जग्गामा भवन बनाउन खोज्दा अवरोध भयो ।”

भवन बनाउन गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु. दश लाख बिनियोजन गरेको छ । गत वर्षपनि सो योजना कार्यान्वयन हुन नसक्दा बजेट फिर्ता भएको थियो । भवन शिलन्यास कार्यक्रमको तयारी सहित अतिथिहरुलाई पत्राचार गरिसकेको अवस्थामा भवन बनाउने र प्रयोग गर्ने विषयमा असहमति जनाउदै नेकपाले जेठ १ गते पत्रकार महासंघ र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेका थिए ।

Gunasthariya Shiksya

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षतामा मंगलबार बसेको सर्वपक्षीय बैठकमा नेकपाका प्रतिनिधिहरु पत्रकार महासंघको भवन निर्माण गर्न दिने विषयमा सहमत नभएपछि कुनै निर्णय हुन नसकेको महासंघको म्याग्दी शाखाले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले एक महिनाभित्र नगरपालिकाको जग्गा खाली गर्ने प्रतिवद्धता जनाएपछि बुधबारको शिलन्यासको कार्यक्रम तत्काललाई स्थगित भएको पत्रकार महासंघले जनाएको छ ।

बैठकमा नेकपाका प्रतिनिधि लालु किसान र उषा घर्तिले खाद्य संस्थानबाट सो जग्गा खरिद गरेका व्यक्तिले आफूहरुलाई जग्गा दिने लिखित सहमति गरेको र सो सहमति कार्यान्वयन नगरेसम्म प्रयोग गर्न सहमति नजनाउने अडान राखेका थिए ।

वि.स. २०६४ मा खाद्य संस्थानबाट हेटौडाका नरोत्तम दाहालले खरिद गरेको सो जग्गा दाहालबाट बेनी नगरपालिका २ का प्रदिप सापकोटाले किन्नुभएको थियो । खाद्य संस्थानले बिक्री गरिसकेको उक्त जग्गा जिल्लास्थित राजनीतिक दलहरूले सार्वजनिक हुनुपर्ने माग गर्दै आन्दोलन गरेका थिए ।

आन्दोलनका कारण सापकोटाले आफ्नो जग्गामध्येबाट नगरपालिकाई चार आना दिनुभएको थियो । नगरपालिका, सापकोटा र अन्य व्यक्तिहरुको नाममा रहेको जग्गामा भएका पुरानो भवनमा विप्लप नेतृत्वको नेकपाको पार्टी कार्यालय र सो पार्टीका नेता कार्यकर्ताहरुले प्रयोग गर्दै आएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...