धवलागिरीमा आरोहण शुरु

Gandaki Pardesh notice

बेनी, । म्याग्दीमा रहेको संसारको सातौ आठ हजार १६७ मिटर अग्लो धवलागिरी हिमालमा चालु यामको आरोहण शुरु भएको छ ।

धवलागिरी हिमाल म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा पर्छ । पोल्याडका दुई जना आरोहीले मंगलबार धवलागिरीमा चालु यामको पहिलो पटक आरोहण गरेका हुन् । सेभेन समिट टे«क्स मार्फत बार्टेक जिम्स्की र ओसवाल्ड रोड्रिगो पपेराको टोलीले धवलागिरीको सफल आरोहण गरेको हो ।

सेभेन समिट टे«क्सका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईले उनिहरुले नेपाली समय अनुसार मंगलबार बिहान ७ः३० बजेको समयमा धवलागिरी आरोहण गरेका जानकारी दिनुभयो । बोत्तलबाट अक्सिजन र शेर्पाको सहयोग बिना आरोहण गरेका कम्पनीले जनाएको छ ।

Shreekrishna hardwear in news

आरोहण गरेर फर्किएपछि बार्केटले चार हजार सात सय मिटरको उचाईमा स्कि समेत गर्नुभएको छ । उनिहरु एम.ए.डी स्कि परियोजना अन्तरगत धवलागिरी आरोहण गर्न आएका थिए ।

गत चैत महिनाको अन्तिम सातादेखि आधार शिविरमा पुगेका आरोहीहरु धवलागिरीको चुचुरो नजिकै पुगेका छन् । इटली, जापनीज, फ्रेन्सपास, धवलागिरीको पहिलो, दोस्रो र सात हजार २०० मिटर उचाईमा रहेको तेस्रो आधार शिविरसम्म शेर्पाहरुले आरोहीका लागि बाटो बनाइसकेका छन् ।

Bhautik ministry notice about road

स्पेनका ८३ वर्षीय कालोर्स सोरिया को टोली क्याम्प–३ मा पुगेको छ । पर्यटन विभागका अनुसार वसन्त ऋतुको यस सिजनमा २४ पुरुष र ११ जना महिलाले धवलागिरी हिमाल आरोहणको अनुमति लिएका छन् ।

सेभेन समिट कम्पनीबाट २६ जनाले धवलागिरी हिमाल चढ्न लागेका छन् । सेभेन समिट, इलाइट र पाइनर एडभेन्चरले धवलागिरीमा आरोही लगेका हुन् । चैत महिनाको अन्तिम साता धवलागिरी गएका आरोहीहरु प्रतिकुल मौसमका कारण करिब एक महिनासम्म आधार शिविरमा रोकिएका थिए ।

वैशाख अन्तिम हप्तादेखि मौसम सुधार भएपछि आरोहीहरु चुचुरोतर्फ लागेका थिए । पर्यटकको उद्धार र व्यवस्थापकीय कार्यमा संलग्न म्याग्दी दानाका पर्यटन कर्मी इन्द्रसिंह शेरचनले वैशाख महिनामा धेरै हिउँ परेकाले आरोहण ढिलाई भएको बताउनुभयो ।

सन १९६० मे १३ मा पहिलो पटक अस्ट्रियाका कुर्ट डिम्बर्गरलगायत स्वीस धौलागिरि आरोहण टोलीका पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्जे र नवाङ दोर्जेले पहिलो पटक धवलागिरी हिमालको आरोहण भएको थियो ।

पदमार्गको यात्रा लामो, जोखिमपूर्ण र सञ्चार पहुँचभन्दा टाढा हुँदा विदेशी र नेपाली आरोहीहरु काठमाडौँबाट सडकमार्ग हुँदै ताकम र त्यहाँबाट हेलिकोप्टरमार्फत आधार शिविर पुग्ने गरेका छन् । आधार शिविरसम्मका लागि पुग्नका लागि गाउँपालिका, प्रदेश र संघीय सरकारले पदमार्ग निर्माण गर्दै आएका छन् ।

अक्कर पहाड, जङ्गल, खोलानाला हुँदै पदयात्रा गर्नुपर्ने भएकाले धौलागिरि पदमार्गको यात्रा साहसिक मानिन्छ । विसं २०६८ यता आधार शिविरमा ओरोही पुग्ने क्रम बढेको छ । यस याममा पनि आरोही, पथपर्दशक, भरिया र आरोहण दलका सहयोगी आधार शिविरमा पुगेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...