गाईडबिना पनि भ्रमणमा जान पाउने व्यवस्था गर्न घोडेपानीबासीको माग

khali

बेनी, । म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानीका होटल व्यवसायीहरुले पथप्रर्दशक विना पदयात्रामा जान नपाउने व्यवस्थालाई अनिवार्य नगर्न माग गरेका छन् ।
अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तब्य मानिने घोडेपानी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ मा पर्दछ । घोडेपानी होटल व्यवस्थापन उपसमितिको बैठकले गाइड नलिई पदयात्रामा जान नपाउने नेपाल पर्यटन बोर्डले अंग्रेजी महिनाको अप्रिल १ गतेदेखि लागू गरेको नियम प्रति असहमति जनाउने निर्णय गरेको थियो ।
उपसमितिका समितिका अध्यक्ष मिना पुनले सरोकारवालाहरुसँग छलफल र समन्वय नगरी पर्यटन वोर्डले लागू गरेको नियमसँग तत्काल सहमत हुन नसक्ने निर्णय आइतबार गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा जानकारी सहित ज्ञापनपत्र बुझाएको बताउनुभयो ।
“गाईड विना पदयात्रामा निस्कन नपाउने व्यवस्थाले आर्थिक अवस्था कमजोर भएका र एक्लै यात्रा गर्न चाहने पर्यटक घटेका छन,” उहाँले भन्नुभयो “कम खर्चमा नेपाल भ्रमण गर्न चाहने पर्यटकलाई यस्तो व्यवस्थाले असर गरेको छ ।” गाइडबिनै पनि पर्यटक भ्रमण गर्न पाउने व्यवस्था भएमा कोरोनाले थला परेको पर्यटन क्षेत्रलाई राहत मिल्ने व्यवसायीको भनाई छ ।
गन्तव्यलाई सुरक्षित बनाउँदै उद्धारमा सहजता ल्याउन ट्रेकिङ कम्पनीमार्फत नेपाल आएर गाइडसँग मात्र पदयात्रामा निस्कनु पर्ने नियम लागू गरेको पर्यटन बोर्डले टिम्स कार्डको मूल्य भने शतप्रतिशत बढाएको छ । यसअघि गाइड नलिएर घुम्ने पर्यटकका लागि रु. दुई हजार र गाइड लिएर जानेले रु. एक हजार रुपैयाँ शुल्क तिर्नुपर्थो ।
सार्क मुलुकका नागरिकले यसअघि प्रतिव्यक्ति दुई सय तिर्दै आएको टिम्स कार्डलाई रु. एक हजार तोकिएको छ । सबै ठाउँमा एकै किसिमको नियम लागू गर्न नहुने घोडेपानीका होटल व्यवसायीहरुको माग छ । सडक सुविधा भएको, जोखिम नभएको, सहरी क्षेत्रमा एक्लै भ्रमणमा आउन चाहने, मध्यम र न्युन आर्थिक अवस्था भएका पर्यटकहरु प्रभावित भएका घोडेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले बताउनुभयो ।
समुन्द्रि सतहदेखि तीन हजार २१० मिटर उचाईको पुनहिलबाट हिमाल, सुर्योदय र गुरासे जंगलको अवलोकन गर्न आउने पर्यटकहरु घोडेपानीमा वास बस्ने गर्दछन् । घोडेपानीमा साना ठूला गरी ३० होटल छन् ।
पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सुर्योदयको दृष्य अवलोकन गर्न पाउनुपनि पुनहिलको अर्को विषेशता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँसको जंगल छ ।

khali

पहाडको उच्च स्थानमा रहेको घोडेपानी पुनहिल क्षेत्रको जंगल र पहाडी भूगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण राउन्ड गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी हुँदै र नागी–महरे हुँदै गरी चारवटा नाकाबाट दैनिक करिब ३ सय विदेशी पर्यटक घोरेपानी भित्रिने गरेका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...