जिल्ला प्रहरी कार्यालय म्याग्दीको तीन महिनाको गतिबिधि सार्वजनिक

Gandaki Pardesh notice

बेनी, । जिल्ला प्रहरी कार्यालय म्याग्दीले पछिल्लो तीन महिनामा गरेको गतिबिधी सार्वजनिक गरेको छ ।

कार्यालयले आइतबार बेनीमा आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा प्रहरी नायव उपरीक्षक मदन कुँवरले फागुन, चैत र वैशाख महिनामा भएको गतिबिधि सार्वजनिक गर्नुभएको हो ।

कार्यालयमा तीन महिनामा ३१ वटा मुद्दा दर्ता भएकोमा ११ वटा फस्यौट भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत २५१ वटा सचेतनामुलक कार्यक्रममा नौ हजार ६८९ जना सहभागि भएका, तीन हजार ५८७ पर्चा वितरण र २७४ वटा ग्रामिण गस्ति गरेको प्रनाउ कुँवरले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

अदालतले विभिन्न समयमा गरेको फैसलाबाट दोषी ठहरिएका ३६ जनालाई पक्राउ गरेर रु. १८ लाख ३९ हजार ८ सय जरिवाना र ४५ वर्ष ५ महिना २२ दिन कैद सजाय असुल उपर गरिएको प्रहरी कार्यालयले जनाएको छ ।

तीन महिनामा दुई हजार ६४ वटा सवारी साधनलाई कारबाही गरेर रु. १९ लाख २२ हजार राजस्व संकलन, ५०२ वटा ट्राफिक जनचेतनामुलक कार्यक्रमबाट ५२ हजार ८५९ जना जना लाभान्वित, ६ वटा सवारी दुर्घटना, एक जनाको मृत्यु, ६ जना घाइते, मादक पदार्थ सेवन गरेर सवारी चलाउन ४५ जनाबाट ९० हजार जरिवाना गरिएको छ ।

प्रहरी कार्यालय अन्तरगतको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा दर्ता भएका घरेलु हिंसा सम्बन्धी १६ वटा सबै उजुरीको मिलापत्र गरेर टुङ्गीएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक विरुद्ध ९ वटा ठाडो उजुरी आएकोमा ८ वटा मिलापत्र भएका छन् ।

तीन महिनामा १३ जना महिला बालबालिका तथा जेष्ठ नागरिक हराएकोमा ९ जना फेला परेका छन् । नागरिक सुनुवाईमा सहभागि बेनी बजारबासी सर्वसाधारणले प्रहरीको सेवा प्रवाह, अनुसन्धानका विषयमा सुझाव तथा विज्ञाशा राखेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...