म्याग्दीमा शिक्षक संघको स्थापना दिवस

Gandaki Ghumau

बेनी, । नेपाल शिक्षक संघ जिल्ला कार्य समितिले म्याग्दीले शनिबार विभिन्न कार्यक्रम ३४ औं स्थापना दिवस मनाएको छ ।

निर्माण व्यवसायी संघको हलमा शनिबार शिक्षकहरुलाई सम्मान गर्दै आफ्नो स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसर पारेर संघको संघीय सदस्य कल्याण प्रसाद सुवेदी, संघको गण्डकी प्रदेश समावेशी उप सचिव गजिन्द्र श्रेष्ठ, खुल्ला सदस्य गोपाल प्रसाद रेग्मी सहित हालसालै प्रा.वि तहमा स्थायी नियुक्क्ती लिनुभएका शिक्षकहरुलाई सम्मान गरेको संघका सचिव विनय श्रेष्ठले जानकारी दिनुभयो ।

Gunasthariya Shiksya

उक्त कार्यक्रममा बोल्दै नेपाली कांग्रेस म्याग्दीका उप सभापती हरिकुमार श्रेष्ठले शिक्षकहरुले पहिलो प्राथमिकता विद्यार्थीको शैक्षिक क्षेत्रलाई दिनुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय शैक्षिक क्षेत्रले पड्को मारेको बताउदै समय अनुसार आफ्नो ज्ञान सिपलाई पनि बढाउदै जानुपर्ने बताउनुभयो ।

Shreekrishna

कार्यक्रममा पूर्व शिक्षक संघका अध्यक्ष अजय मिलन श्रेष्ठ, केन्द्रिय सदस्य कल्याण सुवेदी, धनमुकारी थापा, गजिन्द्र श्रेष्ठ, ट्रेड युनियन कांग्रेस म्याग्दी अध्यक्ष कोमल प्रसाद उपाध्याय, जगत सापकोटा धवलागिरी गाउँपालिका शिक्षक संघ अध्यक्ष रमेशराज पौडेल, मालिकाका दिवाकर सुवेदीले बोल्नुभएको थियो ।

कार्यक्रममा उपाध्यक्ष एवम् कार्यवाहक अध्यक्ष भिमकुमारी सुवेदीको अध्यक्षता, उपाध्यक्ष चन्द्रमान छन्त्यालको स्वागत सचिव विनय श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...