नेपाल दलित संघको अध्यक्षमा नरबहादुर विश्वकर्मा

khali

बेनी, । नेपाली कांग्रेसको भातृ संस्था नेपाल दलित संघ जिल्ला कार्य समिति म्याग्दीको तदर्थ समितिको अध्यक्षमा नरबहादुर विश्वकर्मा चयन हुनुभएको छ ।
बेनीमा शनिबार भएको भेलाले विश्वकर्माको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समितिले चयन गरेको छ । समितिको उपाध्यक्षमा बेलबहादुर विश्वकर्मा, महिला उपाध्यक्षमा आरती विश्वकर्मा, सचिवमा दिनेश विश्वकर्मा, कोषाध्यक्षमा पशुपती बुढाथोकी, सह–सचिवमा सुष्मा सेन्चुरी चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा इन्द्र बहादुर नेपाली, राजु रामदाम, तिलमाया परियार, बिशाल वि.क, जुना खाती, निर्मला वि.क, टिका घताने, रत्नबहादुर विश्वकर्मा, यामबहादुर परियार, मनदेवी वि.क, ठहर बहादुर परियार र सुर्य बहादुर नेपाली चयन हुनुभएको छ ।
त्यस्तै समितिको सल्लाहकारमा मनकुमारी विश्वकर्मा, इन्द्रबहादुर विश्वकर्मा, बालकुमार लामिछाने, नन्दबहादुर विश्वकर्मा, सम्झाना परियार, टिकाराम दर्जी र बागविर दर्जी रहनुभएको छ ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस म्याग्दीका पार्टी सभापती एवम् प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा खम्बीरले हरेक क्षेत्रमा दलित समुदायको महत्वपूर्ण भुमिका हुने तर हरेक क्षेत्रमा पछि पारिएको बताउनुभयो ।
उहाँले अब आउने पार्टीलाई बलियो र चलायमान बनाउन पार्टीको भातृ संस्थाको नेतृत्व पुर्नगठन गर्नुपरेको बताउनुभयो । दलितका अधिकारका बारेमा आफुले संसदमा समेत आवाज उठाउने उहाँको भनाई थियो ।
त्यस्तै कार्यक्रममा संविधान सभा सदस्य रेशम बहादुर बानियाँले अब आफ्नो अधिकार हरेक क्षेत्रबाट दलिदहरुले आवाज उठाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापती हरिकुमार श्रेष्ठ, महाधिवेशन प्रतिनिधि चिरञ्जीवी शर्मा, जिल्ला सचिव भरतबहादुर रकाल, महाधिवेशन प्रतिनिधि नेत्र महत, बेनी नगर सभापती रविन्द्र कार्की रवि र इन्द्र विश्वकर्मा, बालकुमार विश्वकर्मा लगायत बोल्नुभएको थियो ।
कार्यक्रम संयोजक मनकुमारीको अध्यक्षता, सम्झना परियारको संचालन र आरती विश्वकर्माको स्वागतमा सम्पन्न भएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...