भ्रष्ट्राचार विरुद्ध बेनीमा वाइसिएलको प्रर्दशन

Gandaki Ghumau

बेनी, । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसिएल म्याग्दीले बेनीमा भ्रष्ट्राचारको विरुद्धमा प्रर्दशन गरेका छन् ।
नेपालीलाई नक्कली शरणार्थी बनाउने प्रकरणमा सरकार र प्रहरीले अघि बढाएका अनुसन्धानप्रति ऐकवद्धता जनाउँदै शुक्रबार साँझ बेनीको जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा प्रर्दशन गरेका थिए ।
वाईसीएल म्याग्दीका संयोजक सन्दिप खत्रीको नेतृत्वमा युवा विद्यार्थीहरुले नक्कली शरणार्थी लगायत भ्रष्ट्राचारका अन्य मुद्दाहरुको पनि अनुसन्धान गर्न माग गर्दै सरकारको पछिल्लो कमदको प्रशंसा र साथ रहेको बताएका थिए ।
अनुसन्धानलाई निष्कर्षमा पु¥याएर पिडितलाई न्याय र भ्रष्ट्राचार अन्त्य गरी शुसासन कायम गर्ने विषयमा पछि नहट्न प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई वाईसिएलका केन्द्रिय सदस्य नगेन्द्र केसीले आग्रह गर्नुभयो ।

Gunasthariya Shiksya


नेपाल सरकारका पुर्व गृह मन्त्री बालकृष्ण खाड, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे लगायतका व्यक्तिहरु पक्राउ परेको नक्कली शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी फरार भएका छन् । भ्रष्ट्राचार विरुद्ध सरकारले चालेको कदम सकारात्मक भएको र यसलाई निष्कर्षमा पुराएरै छाड्नुपर्ने नागरिकको अपेक्षा छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...