धवलागिरीमा वेपत्ता सिन्धुपाल्चोकका लामाको शव भेटियो

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा रहेको धवलागिरी हिमालमा वेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ ।
पाँच हजार मिटर उचाईमा रहेको फ्रेञ्च पासमा भेटिएको शव शनिबार घटनास्थलबाट पोखरा हुदै काठमाडौ लगिएको छ । उद्धारमा संलग्न म्याग्दी दानाका इन्द्रसिंह शेरचनले सिन्धुपाल्चोकको लिपा गाउँपालिका–१ का २७ वर्षीय देव लामाको शव भेटिएको जानकारी दिनुभयो ।
“गत असोज २० गते देखि वेपत्ता लामाका आफन्तको अनुरोधमा खोजी गर्ने क्रममा हिउँले पुरिएको अवस्थामा शव भेटिएको छ,” उहाँले भन्नुभयो “नेपाली सेनाको हेलिकप्टरले लामाको शव आजै काठमाडौ लगेको छ ।”

Bhautik ministry notice about road


शेरचन सहित सेनाका दुई जना, दुई जना शेर्पा र देवका काका सुनिल लामाको टोली फ्रेञ्च पासमा पुगेर शव ल्याएका हुन् । काठमाडौको फोर सिजन टे«किङ एजेन्सी कम्पनी मार्फत विदेशी पर्यटक लिएर धवलागिरी आधार शिविर पुगेका लामा वेपत्ता हुनुभएको थियो ।
संसारको सातौ आठ हजार १६७ मिटर अग्लो धवलागिरी हिमाल म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा पर्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...