धवलागिरीमा मेलमिलाप सम्बन्धी तालिम सम्पन्न

Gandaki Kotihome

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बिहिबार मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ ।

धवलागिरी गाउँपालिकाको आयोजना र शान्तिका लागि समग्र विकास संस्थाको सहजिकरणमा आठ दिनसम्म सञ्चालन भएको तालिममा न्यायिक समितिका पदाधीकारी र ७ वटै वडाका गरि २७ जनाको सहभागिता रहेको थियो ।

न्यायिक समितिका पदाधीकारीहरुको क्षमता विकास र वडा तथा वस्ती स्तरमा मेलमिलापकर्ता तयार पार्ने उद्देश्यले तालिम सञ्चालन गरिएको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

“समाजमा उत्पन्न हुने न्यायिक समितिको क्षेत्राधिकारभित्र पर्ने बिवादलाई वस्ती स्तरमै मेलमिलापको माध्यमबाट सुझाउन वडा स्तरीय मेलमिलाप केन्द्र स्थापना गर्ने तयारीमा छौ,” उहाँले भन्नुभयो । मेलमिलापकर्ताको रुपमा काम गर्न इच्छुक जनप्रतिनिधि र अगुवाहरुलाई आधारभूत तालिमको सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

मेलमिलापकर्ताले प्रभावकारी भूमिका निर्वाह गर्न सकेमा वस्ती स्तरमै बिवाद निरुपण हुने, मेलमिलाप कायम हुने, न्यायिक समिति, प्रहरी, अदालत र अन्य अर्धन्यायिक निकायमा धाउने समय र खर्चको बचत हुने जिल्ला न्यायाधिश कृष्णप्रसाद नेपालले बताउनुभयो ।

तालिमको शान्तिका लागि समग्र विकास संस्थाका बिन्दीया खनाल, विद्या खनाल, राजेश खनाल लगायतले सहजिकरण गर्नुभएको थियो । समापन समारोहमा जिल्ला न्यायाधिश नेपाल, गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुन, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख खेमराज पाठकले मेलमिलाप कर्ताको प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

मेलमिलाप कर्ता भएपछि वडामै मेलमिलाप केन्द्र स्थापना गर्ने तयारी गरिएको छ । तालिममा वडा नम्बर १ बाट ४ जना, २ बाट ४ जना, ३ बाट ५ जना, ४ बाट ४ जना, ५ बाट ३ जना, ६ बाट ३ जना र ७ बाट ५ जनाले सहभागिता जनाएका थिए ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...