उत्साहीका खेलाडी प्रशिक्षणका लागि पोखरा

Gandaki Pardesh notice

बेनी, । पर्वतको जलजला गाउँपालिका ३ वारीबेनीका चार जना खेलाडी प्रशिक्षणका लागि पोखरा गएका छन् ।
वारीबेनीको नवउत्साही समूहले रिजन पुन, प्रदिप छिनाल, अनुप परियार र सुमन पुनलाई एन्फा कास्कीले सञ्चालन गर्न लागेको फुटबल प्रशिक्षणमा सहभागी हुन पठाएको हो ।
प्रभावकारी कोचिङ, तालिम र खेल कलाको सिप विकासका लागि प्रशिक्षणमा पठाइएको क्लवका राजकुमार परियारले बताउनुभयो । हालै सञ्चालन भएको चौथो नव उत्साही सेभेन ए साइड फुटबल प्रतियोगितामा प्राप्त भएको सहयोगबाट खेलाडीहरुलाई प्रशिक्षणमा सहभागि गराइएको उहाँले बताउनुभयो ।
चार जना खेलाडीहरुलाई प्रशिक्षण अवधिभर खानेबस्ने र जाने आउने सबै खर्च समूहले ब्यहोर्ने भएको छ । स्थानीय खेलाडीहरुलाई राष्ट्रिय स्तरसम्म पु¥याउने उद्देश्यले प्रशिक्षणमा सहभागी गराएको परियारले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...