सांसद जुग्जालीद्धारा विभिन्न मन्त्रालयमा भेटघाट र योजना पेश

Gandaki Ghumau

काठमाडौ, । गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन)ले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम, बजेट र योजनाका विषयमा विभिन्न मन्त्रालयमा भेटघाट र योजना पेश गर्नुभएको छ ।
म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेशका पुर्व मन्त्री र नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक समेत रहेका जुग्जालीले प्रधानमन्त्री कार्यालय, उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय, पर्यटन मन्त्रालय र राष्ट्रिय योजना आयोगमा मंगलबार भेटघाट गर्नुभएको हो ।

Gunasthariya Shiksya


प्रधानमन्त्रीको निजी सचिवालयमा कार्यरत अधिकृत पुनम खड्का, माओवादी केन्द्रका नेता धनलाल जैसी लगायतसँगै भेटघाट गर्नुभएको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराति, भौतिक पूर्वाधार मन्त्रालयका अधिकारी, प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्ल लगायतसँग भेटघाट गर्नुभएको छ ।

Shreekrishna


भेटघाटका क्रममा म्याग्दीका अधुरा आयोजनालाई पूर्ण दिने र दुरगामी महत्वका आयोजनाहरुका लागि बजेट व्यवस्थापनका लागि प्रस्ताव पेश गरेको बताउनुभयो । सडक, नदी नियन्त्रण, प्रशारण लाइन, सिचाई, खानेपानी, भवन, पर्यटन पदमार्ग लगायतका योजना माग गरिएको बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...