भकिम्लीको बाघखोरमा पार्क निर्माण शुरु

khali

बेनी, म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको बाघखोरमा पार्क (उद्यान) निर्माण शुरु भएको छ ।
भकिम्ली हुदै स्वर्गाश्रम र बेलढुङ्गाको भ्रमणमा जाने पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले वडा कार्यालयको प्रस्ताव र बेनी नगरपाकिलाको आर्थिक सहयोगमा पार्क बनाउन थालिएको हो । भकिम्लीका वडा अध्यक्ष पदम पुनका अनुसार बाघखोरमा पार्क, स्वर्गाश्रम र बेलढुङ्गमा पदमार्ग बनाउन चालु आर्थिक वर्ष २०७९÷०८० मा रु. नौ लाख बजेट बिनियोजन भएको छ ।
बाघखोर–स्वर्गाश्रम पर्यटन पूर्वाधार निर्माण उपभोक्ता समितिका अध्यक्ष केशबहादुर क्षेत्रीले दुई वटा चौतारी, १९ मिटर लामो र १.५ मिटर अग्लो पर्खाल, ३ मिटर अग्लो प्रवेशद्धार र स्वर्गाश्रम देखि बेलढुङ्गातर्फ जाने ५६ मिटर पदमार्ग निर्माण गर्न लागिएको जानकारी दिनुभयो । बाघखोरमा यसअघि बनभोज स्थल, सार्वजनिक शौचालय र विश्रामस्थल निर्माण भइसकेको छ ।
स्वर्गाश्रममा गत वर्ष प्रदेश सरकारको रु. २० लाख सहयोगमा घेराबार र टायल बिछ्याउने तथा प्रवेशद्धार बनाउने काम भएको थियो । सडक सुविधा पुगिसकेको स्वर्गाश्रम र बागलुङ्गको काठेखोला गाउँपालिकाको धम्जाको सिमानामा रहेको बेलढुङ्गा म्याग्दीको उदयीमान पर्यटकीय स्थल हो ।

khali


स्वर्गाश्रम बेलढुङ्गा पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष समेत रहनुभएका वडा सदस्य रत्नबहादुर जिसीले सडक, पदमार्ग लगयत अन्य पूर्वाधार निर्माण र प्रचारप्रसारसँगै चहलपहल बढेको बताउनुभयो ।
स्वर्गाश्रम कालीगण्डकी, धौलागिरि, मुक्तिनाथ, जगन्नाथ, पुलहाश्रमलगायत विभिन्न डाँडाले घेरिएको छ । स्वर्गाश्रममा गणेशको मन्दिर, पौवा, सत्तल आदि रहेका छन् । स्वर्गाश्रममा देशका विभिन्न ठाउँबाट गुरु तथा माता आएर तपस्या गर्ने गर्दछन् ।
स्वर्गाश्रम र समुन्द्रि सतहदेखि दुई हजार ६०० मिटर उचाईमा रहेको बेलढुङ्गाको डिलबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छे«, निलगिरि, मानापाथी, गुर्जा, गणेश, बेहुलाबेहुलीलगायत दजनौँ सेताम्मे हिमाल देखिन्छन् । हिमालसँगै म्याग्दीको सदरमुकाम बेनीसहित अधिकांश भाग र पर्वतको उत्तरी क्षेत्र समेत देखिन्छ ।
आसपासको वनजङ्गलमा रातो, सेतासहित विभिन्न सात रङका लालीगुराँस पाइन्छन् । यसैगरी जङ्गलमा स्वास्थ्यवद्र्धक जडीबुटी जस्तैः सतुवा, चिराइतो, पाखनवेद, लौठेसल्ला, चरचरेलगायत पाइन्छन् । स्वर्गाआश्रममा हरेक वर्ष वैशाख १ गते रथयात्रासहित विशेष पूजाआजा गरिन्छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...