बेनी नगरका जनप्रतिनिधिहरुको प्रधानमन्त्रीसँग भेटघाट

Gandaki Ghumau

बेनी, । बेनी नगरपालिकाका जनप्रतिनिधिहरुको टोलीले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटघाट गर्नुभएको छ ।

नगर प्रमुख सुरत केसीको नेतृत्वमा काठमाडौ गएको टोलीले प्रधानमन्त्री सहित विभिन्न मन्त्री, सचिव र सरोकारवाला निकायका पदाधीकारीहरुसँग पनि भेटघाट गर्नुभएको छ । बेनी नगरपालिकाको प्राथमिकताका योजनालाई आगामी वर्षको बजेटमा समावेश र समस्याको बारेमा ध्यानाकर्षण गराउन जनप्रतिनिधिहरुको टोली काठमाडौ गएको नगर प्रमुख केसीले बताउनुभयो ।

नगरपालिकाको कार्यालय रहेको जग्गा नगरपालिकाको नाममा गराउने, अधुरो बेनी अस्पताल र रावण पार्कको योजनालाई पूर्णता दिने, बेनी बजार संरक्षण, बेनीको मिनि रंगशाला, बेनी खानेपानी, बृहत घोप्टेखोला खानेपानी आयोजना शिक्षक दरबन्दि मिलान गर्ने लगायतका विषयमा पनि टोलीले छलफल गरेको छ ।

Shreekrishna
Gunasthariya Shiksya

प्रधानमन्त्रीका साथै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, परराष्ट्र मन्त्री नारायण प्रसाद साउद, पर्यटन मन्त्री सुदन किँराती, कृषि मन्त्री वेदुराम भुषाल र सहरी विकास मन्त्रालयका सचिवसँग बुधबार भेटघाट भएको छ ।

उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, खानेपानी, शिक्षा र खेलकुद लगायत मन्त्रालयमा बिहिबार भेटघाटको कार्यक्रम तय भएको छ । परराष्ट्र मन्त्रीसँगको भेटमा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर) पनि सहभागि हुनुभएको थियो । पर्यटन मन्त्रीसँगको भेटघाटमा नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र कटुवाल पनि सहभागि हुनुभएको थियो ।

टोलीमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, उपप्रमुख डिलकुमारी केसी, बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, वडा अध्यक्षहरु अणबहादुर खड्का (भगवान), कृष्णसिंह बानिया, चक्र बहादुर केसी, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा लगायत सहभागी हुनुहुन्छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...