म्याग्दी औलोको कम जोखिमयुक्त जिल्लाको सूचिमा

Gandaki Ghumau

बेनी । म्याग्दी औलो रोगको जोखिममा परेको छ । म्याग्दीलाई वि.स. २०७७ मा हिमाली जिल्लामा सूचिकृत गरिएको थियो । विश्व औलो दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको कार्यक्रममा औलोको जोखिम बढेको जानकारी गराइएको हो ।

कार्यालयका प्रमुख एकनारायण लम्सालले औलो सार्ने लामखुट्टे भेटिएको, तापक्रम वृद्धी, मौसममा आएको परिवर्तन, सवारी साधनको ग्रामिण क्षेत्रमा पहुँच विस्तारसँगै औलोको जोखिम बढेको बताउनुभयो ।

केही वर्षपहिले औलोमुक्त रहेको म्याग्दीलाई सरकारले पछिल्लो समय औलोको कम जोखिमयुक्त जिल्लाको सूचिमा राखेको छ । लम्सालका अनुसार तराई र भित्रि मधेशबाट बाजुरा, मुगु लगायत म्याग्दीको हावापानी र भूगोलसँग मिल्ने उच्च पहाडी र हिमाली जिल्लामा पनि औलो देखिएको छ ।

Shreekrishna

“दुई वर्षअघि गरिएको अध्ययनका क्रममा म्याग्दीको बेनी, गलेश्वर, बाबियाचौर, तातोपानी, दरवाङ, काउलेगौडामा औलो सार्ने एनोफेलेक्स जातको पोथी लामखुट्टे भेटिएको थियो,” स्वास्थ्य कार्यालयका प्रमुख लम्लालले भन्नुभयो “अहिलेसम्म औलोको बिरामी नभेटिएपनि विभिन्न आधारमा म्याग्दी जोखिममा छ ।”

Gunasthariya Shiksya

एनोफेलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने औलोलाई सरकारले सन २०२५ सम्म नेपालबाट उन्मुलन गर्ने लक्ष्य राखेको छ । उच्च ज्वारो औलोको लक्षण हो । स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले उपचारका लागि जिल्ला बाहिर र निजी स्वास्थ्य संस्थामा जाने बिरामीहरु सरकारको अभिलेखमा नहुँदा म्याग्दीमा औलोका बिरामी पहिचान गर्न चुनौति रहेको बताउनुभयो ।

गण्डकी प्रदेशमा गत आर्थिक वर्षमा पहिचान भएका १३ मध्य ६ जना औलोका बिरामी कास्कीका थिए । म्याग्दीमा तीन वर्षयता औलोका बिरामी भेटिएका छैनन् । लामखुट्टेको टोकाईबाट सर्ने डेङ्गुका बिरामी भने बढ्दो क्रममा छन् ।

बेनी नगरपालिकाका जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीले औलो भित्रिन नदिन समुदाय स्तरमा सचेतना, स्वास्थ्य संस्थाहरुले सतर्कता अपनाउने र बिरामी पहिचान गरि उपचारको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...