बेनीमा शान्ति पार्क बनाउन छलफल

khali

बेनी, । बेनी नगरपालिकाको वडा नम्बर ७ मा शान्ति पार्क (उद्यान) बनाउने तयारी भएको छ ।
जिल्ला समन्य समितिको आयोजनामा आइतबार बसेको सर्वपक्षीय वैठकले वडा नम्बर ७ स्थित डिभिजन वन कार्यालय म्याग्दीको नर्सरी, आवास क्षेत्रको सिमानादेखि माथि वराहपाखो सामुदायिक वनको क्षेत्रमा शान्ति पार्क निर्माण गर्नका लागि सहजिकरण गर्ने निर्णय गरेको हो ।
बालबालिका र जेष्ठ नागरिकहरुका लागि शान्ति पार्क निर्माण गर्न लागिएको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले जानकारी दिनुभयो । शान्ति पार्क निर्माण गर्ने जग्गा वन क्षेत्रमा पर्ने भएकोले त्यसको सहजिकरण गर्न जिसस प्रमुख राजकुमार थापाको अध्यक्षतामा वसेको बैठक बसेको हो । नगरपालिकाले पार्क निर्माणको लागि डिपिआरको काम अगाडी बढाउने नगरप्रमुख जानकारी दिनुभयो ।
बैठकमा बेनी नगरपालिकाका प्रमुख केसी, राजनितिक दलबाट कांग्रेस म्याग्दीका उपसभापति एवं निवर्तमान नगर प्रमुख हरिकुमार श्रेष्ठ, राप्रपा अध्यक्ष विरबहादुर थापा, प्रजिअ तुलसीराम पौडेल, नगर उपप्रमुख ज्योती लामिछाने र प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, वडा अध्यक्षहरु रमेशकुमार श्रेष्ठ, उत्तमकुमार कर्मचार्य, सुरक्षा प्रतिनिधि, डिभिजन वन कार्यालयका सहायक वन अधिकृत नरबहादुर क्षेत्री, सामुदायीक वन उपभोक्ता समितिका पदाधिकारी ,उद्योग वाणिज्य संघ लगायत संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
वैठकले काठमाडौं स्थित मदन पुरस्कार पुस्तकालय परिसरमा रहेको द्धदको समयमा बेनी आक्रमण हुँदा प्वाल परेको विजुलीको पोल ल्याउन पहल गरिने र ल्याइएपछि उक्त पोल शान्ति राख्ने निर्णय समेत गरेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...