म्याग्दीको भुरुङ्ग तातोपानीमा बिरामीको उपचारमा खटिनुभयो डाक्टर गोविन्द केसी

Gandaki Ghumau

बेनी, ११ वैशाख । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले म्याग्दीको ग्रामिण क्षेत्रमा पुगेर बिरामीको उपचार गर्नुभएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ्ग तातोपानी स्वास्थ्य चौकीमा डाक्टर केसीले आइतबार र सोमबार हाडजोर्नी सम्बन्धी बिरामीको उपचार गर्नुभएको हो । दुई दिनसम्म डाक्टर केसीले १२५ जनाको उपचार गर्नुभएको भुरुङ्ग तातोपानी स्वास्थ्य चौकीका प्रमुख कृष्ण शर्माले जानकारी दिनुभयो ।

आइतबार ५५ र सोमबार ७० जना बिरामीको उपचार गर्नुका साथै परामर्श सेवा दिनुभएको थियो । स्वास्थ्य चौकीका प्रमुख शर्मा, सहित सिनियर अहेव बिक्रम पुन, अनमी निता पुन, सनम वुद्धुजा पुन, अहेव चौथो संगिना मगराती लगायतले डाक्टर केसीलाई सघाउनु भएको थियो ।

Shreekrishna
Gunasthariya Shiksya

केसीले गत हप्ता बागलुङको निसिखोला गाउँपालिकाको बोहोरागाउँ स्वास्थ्य चौकीमा तीन दिन उपचार गर्नुभएको थियो । बागलुङबाट कुनै खबरविना भुरुङ्ग तातोपानी आउनुभएको हो । गाउँपालिका र स्वास्थ्य चौकीले औषधीको व्यवस्थापन गरेको थियो ।

“पुर्व जानकारी बिनै डाक्टर केसी स्वास्थ्य चौकीमा आउनुभएको थियो,” उहाँले भन्नुभयो “हामी पनि अचम्ममा प¥यौ ।” स्वास्थ्य चौकीले सामाजिक सञ्जाल, महिला स्वास्थ्य स्वमसेविका, जनप्रतिनिधि र संघ संस्था मार्फत सेवा लिनका लागि सर्वसाधारणलाई अनुरोध गरेको थियो ।

दाना, नारच्याङ, भुरुङ्ग तातोपानी, घार, शिख, पाउद्धार, पोखरेबगर, ठुलोबगरका सर्वसाधारण सेवा लिन आएका थिए । फुर्सदको समयमा ग्रामिण क्षेत्रका बिरामीको उपचारका लागि आएको डाक्टर केसीले बताउनुभयो ।

“ग्रामिण क्षेत्रमा हाडजोर्नी तथा नशारोग सम्बन्धी समस्या भएका धेरै बिरामी उपचारको पहुँच बाहिर छन्,” उहाँले भन्नुभयो “फुर्सदको समयमा गाउँमै पुगेर सेवा दिने उद्देश्यले म्याग्दी आएको हो ।”

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...