धवलागिरी हिमालमा एक जना भरिया वेपत्ता, दुई जनाको उद्दार

khali

बेनी, । म्याग्दी स्थित धौलागिरि हिमालमा एक जना भरिया वेपत्ता भएका छन् । दुई जनाको सकुशल उद्दार गरिएको छ ।

संसारको सातौ आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थित छ । धौलागिरि आधार शिविरमा आरोहीको सामान पु¥याएर फर्कने क्रममा शुक्रबार साँझ उनिहरु हिउँ पहिरोमा पुरिएका थिए ।

khali

वेपत्ताको खोजीका लागि शनिबार हेलिकप्टर मार्फत धौलागिरि आधार शिविर पुगेर फर्कनुभएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनका अनुसार सोलुखुम्बुको सोलदूधकुण्ड नगरपालिका १ नुथला फुलेली गाउँका २० वर्षीय अमृत राई वेपत्ता भएका हुन् ।

Shreekrishna hardwear in news

अमृतसँगै वेपत्ता भएका सोही ठाउँका धिरज राई र अर्जुन राईको शनिबार शेर्पाहरुको टोलीले सकुशल उद्दार गरेर इटली आधार शिविरमा लगेका शेरचनले जानकारी दिनुभयो । उनिहरु सेभेन समिट ट्रेक काठमाडौबाट भरियाको रुपमा आधार शिविरमा आएका थिए । जापानीज आधार शिविर नजिकै हिउँपहिरोमा परेका थिए ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...