शिख नेपानेमा काप्रोको रुखबाट लडेर महिलाको मृत्यु

khali

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख नेपानेमा रुखबाट खसेर शुक्रबार एक जना महिलाको मृत्यु भएको छ ।
नेपानेको पाखोमा रहेको काप्रोको रुखबाट खसेकी अन्दाजी ५० वर्षीया तुलदेवी पुनको भिरमा शव भेटिएको वडा सदस्य पूर्ण पाईजाले बताउनुभयो । अचार बनाउन काप्रोको मुना टिप्ने क्रममा रुखबाट खसेकी पुन भिरबाट पनि लड्नुभएको थियो ।
स्थानीयबासी र घार प्रहरी चौकीको टोलीले भिरबाट शव निकालेका थिए । अन्नपूर्ण गाउँपालिका–५ की पुन पोखरेबगरमा बस्दै आउनुभएको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले घारबाट प्रहरी टोली घटनास्थल गएको बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...