नेप्टेचौरमा ‘किङ कोब्रा’ जातको सर्प भेटियो

Gandaki Ghumau

बेनी । म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरमा ‘किङ कोब्रा’ जातको सर्प भेटिएको छ ।

तराई र भित्रि मधेशमा पाइने किङ कोब्रा हिमाली जिल्लाको भूगोलमा भेटिएको हो । बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीका अनुसार नेप्टेचौरका टेकबहादुर खड्काको घरमा बुधबार किङ कोब्रा भेटिएको थियो ।

“घरभित्र नयाँ जातको सर्प देखिएपछि फोटो खिचेर सम्बन्धीत विषयमा अध्ययन गरिरहेका विज्ञलाई पठाएका थियौ,” उहाँले भन्नुभयो “किङ कोब्रा भएको पुष्टि भयो ।” यसअघि २०७५ मा कोसेपानीको जंगलमा किङ कोब्रा भेटिएको थियो । खड्काका अनुसार नेप्टेचौरमा पनि तीन वर्षअघि यस्तो सर्प दखिएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

पक्षी तथा जङ्गली प्राणीको खोज अनुसन्धानमा संलग्न त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्राध्यापक केशव चोखालले तापत्रम वृद्धी र जलवायु परिवर्तनको असरका कारण उच्च पहाडी भूगोलमा किङ कोब्रा भेटिएको बताउनुभयो ।

“तापक्रम बृद्धीका कारण म्याग्दीको भूगोल र हावापानी पनि किङ कोब्राका लागि अनुकुल हुन थालेको छ,” उहाँले भन्नुभयो “तराईबाट गाडी मार्फत सामान तथा काठ आयात गर्ने क्रममा पहाडमा किङ कोब्रा भित्रिएको हुनसक्छ ।” चोखाल घतान कोसेपानीका बासिन्दा हुनुहुन्छ ।

दुर्लभ वनस्पति किङ कोब्रा अन्य जातको तुलनामा विषालु सर्प हो । किङ कोब्रालाई नेपालीमा काली नाग राज भनेर चिनिन्छ । वसन्त ऋतु सर्पको बच्चा जन्माउने र हुर्काउने याम हो । आहराको खोजी र वासस्थानमा अवरोध भएको अवस्थामा यो सर्प बाहिर निस्कने गर्छ ।

सो सर्पलाई नचलाउने, नजिस्काउने र नजीकमा नजाने हो भने यसबाट बच्न सकिने चोखालले बताउनुभयो । नेपालमा पाइने ८२ प्रजातिका सर्पमध्ये किङ्ग कोब्राको संख्या अत्यन्त न्यून रहेको छ । यसले आहाराको रुपमा अरु सर्पलाई नै खाने गर्दछ । नेपालको कानूनले संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...