कालोपत्रका लागि बागलुङ–बेनी सडक वैशाख १० गतेसम्म बन्द

Shreekrishna hardware

बेनी, । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक वैशाख १० गतेसम्मका लागि बन्द गरिएको छ ।

बेनी नगरपालिका–१ रत्नेचौरको भूवाने देखि हुलाके खण्डको सडक कालोपत्र गर्नका लागि मंगलबारदेखि यही वैशाख १० गतेसम्मका लागि सडक पूर्ण रुपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले म्याग्दीले जनाएको छ । सवारी साधनको चापका कारण कालोपत्र गर्ने काम प्रभावित बनेपछि आवत जावत रोकेर कालोपत्र गर्न निर्माण कम्पनीको अनुरोध अनुसार पूर्वाधार विकास कार्यालयले प्रशासन र बेनी नगरपालिकाको कार्यालयललाई पत्राचार गरेको थियो ।

पूर्वाधार विकास कार्यालयका प्राविधिक रविन चोखालले वैशाख ५ देखि १२ गतेसम्मको लागि सडक बन्द गर्न प्रस्ताव गरिएकोमा प्रशासनले १० गतेसम्मलाई अनुमति दिएको बताउनुभयो ।

Shreekrishna

“सवारी साधनको चापले सडक कालोपत्रको काम गर्न समस्या भएपछि निर्माण व्यवसायीको अनुरोधमा आवत जावत रोकिएको हो,” उहाँले भन्नुभयो “बागलुङ–बेनी आवत जावत गर्ने सवारी साधनलाई पर्वतको मालढुङ्गा–बेनी सडक प्रयोगको व्यवस्था मिलाइएको छ ।” अत्यावश्यक सवारी साधनका लागि भने आवत जावतको व्यवस्था मिलाइनेछ ।

Ban devision notice

यो सडक विस्तार र कालोपत्रे गर्न सडक डिभिजन कार्यालय बागलुङले बि.स. २०७४ साउनमा नागार्जुन देब एण्ड सायर बिएन जेभीसँग रु. तेह् करोड १५ लाखमा ठेक्का सम्झौता गरेको थियो । बि.स. २०७५ मा प्रदेश सरकार अन्तरगतको पुर्बाधार बिकास कार्यालय म्याग्दीमा हस्तान्तरण भएको यो सडक निर्माण बि.स. २०७६ मा सक्ने लक्ष्य थियो ।

९२ प्रतिशत भौतिक प्रगति भएको सडक निर्माणको काम तीन वर्षपछि सूचारु भएको हो । निर्माण कम्पनीका प्रतिनिधि नारायण जिसीले सडकमा कालोपत्रका लागि बेस बिछ्याएर सम्माउने र लोडरले पेल्ने काम सकिएको बताउनुभयो ।

“वि.स. २०७६ मा कोरोना महामारी शुरु भएपछि रोकिएको सडक निर्माणलाई वि.स. २०७७ असारको बाढी पहिरोले क्षति पु¥यायो,” उहाँले भन्नुभयो “पहिरोले क्षति गरेपछि गर्नुपर्ने अतिरिक्त कामको भेरिएसन अर्डर (भिओ) स्विकृत भएपछि यसपाली कालोपत्र गर्ने कामलाई पूर्ण दिन लागिएको हो ।”

निर्माण नसकिदै पहिलो चरणमा भएको कालोपत्रे उप्किएर खाल्डाखुल्डी परेको, पर्खाल भत्किएको र नाली पुरिएको थियो । पहिलो पन्छाउने, नाली सफा र खाल्डाखुल्डी पुरेर कालोपत्रको लागि तयारी बनाइएको छ ।

बेनी—मालढुङ्गा सडक स्तरोन्नतिको चरणमा रहेको हुँदा म्याग्दी र मुस्ताङबाट पोखरा आवत जावत गर्ने सवारी साधनले बेनी–बागलुङ वैकल्पिक सडक प्रयोग गर्दै आएका छन् । सात देखि दश मिटर फराकिलो बनाएर बिस्तार भएको सडकमा डिबिएसडी प्रविधीको कालोपत्र गर्न लागिएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले लामो प्रयासपछि रत्नेचौर–बेनी सडकले कालोपत्र हुन लागेको बताउनुभयो ।

बागलुङ देखि बेनी सम्मको करिब १७ किलोमिटर सडक मध्य बागलुङ खण्डमा सडक डिभिजन कार्यालय मार्फत स्तरोन्नति गरिएको छ । बेनी देखि खबरासम्म करिब दुई किलोमिटर सडक गत वर्ष कालोपत्र भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...