गलेश्वरको यज्ञ मण्डप जिर्णोद्धार

Gandaki Kotihome

बेनी, । बेनी नगरपालिका–९ मा रहेको म्याग्दीको प्रमुख धार्मिक स्थल गलेश्वर मन्दिर परिसरको यज्ञ मण्डप÷हवनकुण्ड जिर्णोद्धार गरिएको छ ।
दाताको सहयोग जुटाएर जिर्णोद्धार गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । यज्ञ मण्डप र हवनकुण्ड जिर्णोद्धार गर्न कास्कीको पोखरा महानगरपालिका–११ निवासी तेजबहादुर र बिष्णुकुमारी गर्बुजा पुनले रु. चार लाख पचास हजार सहयोग गर्नुभएको थियो ।
सो सहयोगबाट भवनको पलास्टर र रंगरोगन गरिएको छ । यसैगरी बेनी नगरपालिका–९ तिनमाने घर भई काठमाडौमा शर्मा एण्ड कम्पनीमा कार्यरत रमेश सुवेदीले रु. ६७ हजार बराबरको टायल सहयोग गर्नुका साथै धुँवा बाहिर फाल्ने चिम्नि बनाइदिनु भएको कोषका कार्यालय सचिव राम बानियाले जानकारी दिनुभयो ।

Notice about ban dadalo


गलेश्वर शिवालय मन्दिर परिसरमा रहेको यज्ञ मण्डप र हवन कुण्ड जिर्ण बनेपछि त्यसको जिर्णोद्धारका लागि कोषले तयारी गरेको थियो । प्राबिधिकले तयार पारेको लागत अनुमान अनुसार जिर्णोद्धारका लागि पुनले सहयोग गर्नुभएको हो ।
तेजबहादुर र बिष्णुकुमारीले यसअघि गलेश्वर मन्दिर परिसरमा पुजारी आवास, नटराजको मुर्ति स्थापना, तातोपानी सोलार जडान लगायतका कामका रु. २० लाख भन्दा बढी सहयोग गर्नुभएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।
भेटी, महायज्ञबाट संकलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु. दश करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news


कालीगण्डकी नदी किनारको ९ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथी अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दु तथा वौद्ध धर्मावलम्बिहरुको साझा तिर्थस्थल मुक्तिनाथको प्रवेशद्धार मानिन्छ ।

हिन्दुधर्म ग्रन्थमा सतिदेबीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्री पर्बमा बिशेष मेला लाग्ने छ । अन्य समय दैनिक पुजाआजा हुने गलेश्वर मन्दिरमा भक्तजनको चाप पनि बढ्दै गएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...