ताराखोला र मंगलाको सिमाना तिनचुलेमा सडक र खानेपानी सुविधा पुग्यो

Gandaki Pardesh notice

ताराखेला, । म्याग्दीको मंगला गाउँपालिका– ५ र बाग्लुङको ताराखोला गाउँपालिका– ४ को सिमानामा रहेको पर्यटकीय सम्भावनायुक्त तीनचुलेमा सडक र खानेपानी सुविधा पुगेको छ ।
ताराखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा तिनचुलेमा सडक र लिफ्ट प्रविधि मार्फत खानेपानी पु¥याइएको हो । ताराखोला गाउँपालिका–४ का वडा अध्यक्ष जितबहादुर खत्रीले नागबेलीखोला देखि दावा हुदै तिनचुले जोड्ने ५ किलोमिटर सडक निर्माण भएको जानकारी दिनुभयो ।
ताराखोला गाउँपालिकाको रु. १० लाख र गण्डकी प्रदेश सरकारको रु. ७५ लाख लगानीमा सडक निर्माण भएको उहाँले बताउनुभयो । तीन वर्षअघि शुरु भएको सडक निर्माण कार्य यसपाली सकिएको हो । सडक बनेपछि दुई घण्टाको बाटो ३० मिनेटमा छोटिएको छ ।
मंगला गाउँपालिका– ५ देउराली देखि तिलचुले जोड्ने ५ किलोमिटर सडकको मार्ग खुलेको र थप २ किलोमिटर मार्ग खोल्न बाँकी रहेको उपाध्यक्ष पेमा अधिकारीले बताउनुभयो ।


यसैगरी गण्डकी प्रदेश सरकारको रु. २१ लाख लगानीमा पहाडको फेदीको मुहानबाट सौर्य उर्जाको प्रयोग गरि पानी तानेर तिनचुलेमा पु¥याइएको छ । चैतेथरीको मुहानबाट दुई हजार दुई सय मिटर लामो पाइपबाट लगेको पानी पाँच हजार लिटर क्षमताको टंकीमा संकलन र दुई वटा धारा बनाइएको ताराखोलाको नवसिर्जना युवा क्लवका अध्यक्ष पूर्णभद्र निउरेले बताउनुभयो ।
सडक र खानेपानी आयोजनाको आइतबार गण्डकी प्रदेशका कृषि सहकारी तथा गरिवी निवारण मन्त्रालयका पुर्व मन्त्री चन्द्रबहादुर बुढा (सागर)ले उद्घाटन गर्नुभयो । तिलचुले भ्रमणका लागि पुग्ने पर्यटक तथा भक्तजनको सुविधाका लागि सडक र खानेपानीको व्यवस्था मिलाएको बुढाले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road


ताराखेला गाउँपालिकाका अध्यक्ष धनबहादुर बिक र मंगला गाउँपालिकाका उपाध्यक्ष पेमा अधिकारीले दुई वटै पालिकाले सहकार्य गरेर तिनचुलेको पर्यटन विकास गर्ने प्रतिवद्धता जनाउनुभयो । मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्री र ताराखोला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरेले तिनचुलेलाई नयाँ पर्यटकीय गन्तब्य बनाउन सकिने सम्भावना रहेको बताउनुभयो ।


दुई हजार ९७० मिटरको उचाइमा अवस्थित तीनचुले प्रशस्त पर्यटकीय सम्भावना बोकेको ठाउँ भएर पनि पूर्वाधार र प्रचारप्रसारका कारण ओझेलमा परेको छ । तीनचुलेबाट धौलागिरि, गुर्जा, अन्नपूर्ण, निलगिरिलगायतका हिमाल, बाग्लुङ र म्याग्दीको भूगोलका साथै सूर्योदयको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ
तीनचुलेमा मन्दिर पनि भएकाले यहाँको धार्मिक महत्त्वसमेत छ । अर्मनको किमचौरबाट गाडी र पैदलयात्रा गरेर डेढ घण्टा तथा ताराखोलाको नागबेली खोलाबाट गाडीमा ३० मिनेट यात्रा गरेपछि तीनचुलेमा पुग्न सकिन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...