धवलागिरीको खाम्लामा भिरबाट लडेर युवाको ज्यान गयो

khali

बेनी, भिरबाट लडेर म्याग्दीको धवलागिरी गाउँपालिकामा एक युवाको ज्यान गएको छ ।
प्रहरीका अनुसार धवलागिरी गाउँपालिका–४ खाम्लाको भिरबाट लडेर सोही वडाको नाउराका अन्दाजी २४÷२५ वर्षीय महेन्द्र दर्जीको मृत्यु भएको हो ।
प्रहरी निरीक्षक किरन लामाका अनुसार शनिबार दिउँसो मृत भेटिएका दर्जीको शवलाई परिक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।
अनुसन्धानका लागि आइतबार घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली पुगेको छ ।
मृतक दर्जी खाम्लामा आयोजित मेला हेर्नका लागि आएका थिए । परिवारका सदस्यले दर्जीको मृत्युलाई शंकास्पद भनेर अनुसन्धानका लागि प्रहरीमा उजुरी गरेका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...