युवा व्यवसायी बोगटीको मृत्युको अनुसन्धान जारी

khali

बेनी, । बेनी नगरपालिका–१ आनन्दबगरका ४० वर्षीय सन्तोष बोगटीको मृत्युको विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।
बेनी–बागलुङ सडक अन्तरगत बेनी नगरपालिका १ रानीबन हुलाकेडाडा खण्डको भिरबाट खसेको अवस्थामा बिहिबार बिहान भेटिएका ४० वर्षीय बोगटीको शव पोष्टमार्टम पछि शनिबार परिवारको जिम्मा लगाइएको थियो ।
बुधबार राती रत्नेचौरमा खानपिन गरेर साथीसँगै बेनीतर्फ हिडेका बोगटी सम्पर्क विहिन भएपछि खोजी गर्ने क्रममा भिरमा मृत भेटिनुभएको थियो । परिवारले दिएको किटानी जाहेरीको आधारमा बोगटीसँगै बेनीतर्फ हिडेका एक जना युवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किरन लामाले घटना घटेको दिन मृतकसँगै रहेका र देखेकालाई बयान लिने क्रम शुरु भएको बताउनुभयो । शनिबारसम्म प्रहरीले ७ जनाको बयान लिएको छ । यो घटनालाई गम्भिर रुपमा लिएर अनुसन्धान गरिरहेको र वास्तविकता पहिचान भएपछि सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।
बोगटीसँगै बेनी फर्कने क्रममा बाटोमा मोटरसाइकल बिग्रिएपछि मृतक हेलमेट हातमा लिएर हिडेर जाने भनेको र आफुले बेनीमा मोटरसाइकल ल्याएर बोगटीको पसलमा छोडेर घरमा गएको बताएका छन् ।
आनन्दबगर घर भएका बोगटीको बेनीको न्युरोडमा फेन्सी पसल छ । मोटरसाइकल छोडेपछि परिवारलाई चावी र साथी आए नआएको जानकारी नलिएको, बाटोमा उनिहरुलाई भेटेकाहरुको भनाई, उनिहरुको विगतको सम्बन्ध र पृष्ठभूमिलाई आधार मानेर अनुसन्धान केन्द्रित भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...