प्रभुचेला धुरीमा पूर्वाधार

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको प्रभुचेला धुरीमा एक सय वर्षअघि सम्म ऋषिमुनीहरुका लागि तपस्या स्थल थियो ।

बिम गाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषिमुनीहरु आउने गर्दथे । स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले वि.स. १९७० देखि ७५ सम्म यही ठाउँमा तपस्या गर्नुभएको थियो ।

कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधना स्थल र हवन कुण्डको भग्नाअवशेस अझै छन् । प्रभुचेला धुरीबाट धवलागिरी र गुर्जा हिमशृङखला अवलोकन गर्न पाउनु अर्को विशेषता भएको स्थानीय नविन जुग्जालीले बताउनुभयो । धार्मिक तथा पर्यटकीय सम्भावनायुक्त प्रभुचेला धुरीको संरक्षण र पर्यटन विकासका लागि पूर्वाधार निर्माण भएको छ ।

Shreekrishna hardwear in news

समुदाय, प्रदेश सरकार र स्थानीय तहले आश्रयस्थल, सडक, पदमार्ग, मन्दिर, खानेपानीको पूर्वाधार निर्माण गरिएको प्रभुचेला धुरी प्रर्वद्धन समाज विमका अध्यक्ष पलविर जुग्जालीले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

“ऋषिमुनी तपस्या गर्न आउने प्रभुचेला धुरी प्राकृतिक हिसाबले पनि सुन्दर छ,” उहाँले भन्नुभयो “यहाँ आउने तपस्वी, भक्तजन र पर्यटकहरुको सुविधाका लागि पूर्वाधार निर्माण गरेका हौ ।”

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु. १५ लाख सहयोगमा करिब ५० जना क्षमताको आश्रयस्थल भवन र उकालो बाटोमा ८७ मिटर पक्कि पदमार्ग निर्माण गरिएको छ । कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षण गरिएको छ ।

मालिका गाउँपालिकाको रु. पाँच लाख बजेटबाट सोरवाङ देखि प्रभुचेला धुरीलाई सडकले जोडिएको छ । विभिन्न दाताहरुले व्यक्तिगत लगानीमा मन्दिर, खानेपानी र ध्यानाश्रम बनाउनु भएको छ । पलबिर जुग्जालीले कपिलानन्दले ध्यान गर्नुभएको कुटीको पुननिर्माण गर्नुभएको छ ।

छकप्रसाद पाइजाले शिव र देउप्रसाद जुग्जालीले गणेशको मन्दिर बनाउनु भएको छ । रुपलाल पुनको संयोजकत्वमा स्व. मनबहादुर थजाली पुन र रतिमा पुनको स्मृतिमा खानेपानीको पाईप जडान, धारा र टंकी निर्माण भएको छ ।

बिमका बासिन्दा सुरमान गर्बुजाले आश्रयस्थल बनेपछि तपस्वी, भक्तजन र पर्यटकलाई राती, हिउँ, पानी परेको र घाम चर्किदाँ आश्रय लिन सहज भएको बताउनुभयो । समुन्द्र सतहदेखि दुई हजार ४०० मिटर उचाईमा अवस्थित प्रभुचेला धुरी बिमदेखि दुई घण्टा र सवारी साधनमा ३० मिनेटमा पुगिन्छ ।
गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले प्रभुचेला र मालिका धुरीको एकिकृत पर्यटन विकासको योजना अघि सारिएको बताउनुभयो । “बिम हुदै मालिका धुरी जाने पर्यटक र भक्तजनका लागि प्रभुचेलालाई पनि गन्तब्य बनाउने प्रयास गरिएको हो,” उहाँले भन्नुभयो “बिममा पर्यटकको बसाई लम्बाउन सहयोग पुग्ने अपेक्षा गरेका छौ ।”

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...