ताकमकोतमा हनुमानको मुर्ति

khali

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ऐतिहाँसिक ताकमकोतमा करिब रु. तीस लाखको लागतमा हनुमानको मुर्ति स्थापना गरिएको छ ।

धार्मिक पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको ताकमकोतको आकर्षण बढाउन हनुमानको मुर्ति राखिएको हो । धवलागिरी गाउँपालिका–७ ताकमका वडा अध्यक्ष अशोक खत्रीले १२ फिट अग्लो हनुमानको मुर्ति राखिएको जानकारी दिनुभयो ।

“ललितकला केन्द्रका प्रमुख नरेन्द्रराज भण्डारीको नेतृत्वमा हनुमानको मुर्ति बनाइएको हो,” उहाँले भन्नुभयो “काठमाडौबाट मुर्ती ल्याएर जडान गर्ने काम सकिएको छ । हनुमानको मुर्तिले ताकमकोतको आकर्षण बढाएको छ ।”

Shreekrishna hardwear in news

मुर्ति स्थापनाका लागि धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा रु. तीन लाख पचास हजार बिनियोजन गरेको थियो । मुर्ति स्थापनाका लागि रु. २९ लाख २७ हजार ५०० खर्च भएको र दाताबाट रु. २४ लाख ४० हजार सहयोग जुटेको छ ।

अमेरिकामा रहनुभएका ताकमका रघुनाथ सुवेदीको अगुवाइमा मुर्ति स्थापनाका लागि आर्थिक सहयोग संकलन गरिएको थियो । उहाँका अनुसार दाताले घोषणा गरेको थप रु. सात लाख २६ हजार १११ प्राप्त हुन बाँकी छ । सहयोग दाताहरुको नाम शिलालेख बनाएर राखिने भएको छ ।

khali

टाढाबाट देखिने गरि हनुमानको मुर्ति राखिएको छ । हनुमानको मुर्तिको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण र गुर्जा हिमाल देखिन्छ । यसैगरी कोतमन्दिर परिसरमा ताकमका विकास केसी र आकाश केसीको पहलमा खत्री परिवारहरुले पृती उद्धारका लागि प्रवेशद्धार निर्माण गर्नुभएको छ ।

स्वदेश तथा विदेशमा रहेका ताकम र आसपासका गाउँका बासिन्दाहरुबाट तीन वर्षअघि रु. असी लाख चन्दा जुटाएर कोतघर र अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुननिर्माण भएको थियो ।

रु. १५ लाख खर्चेर जगन्नाथ र अन्नपूर्ण देवताको मुर्ति राखिएको छ । सोहै औ शताब्दीमा निर्माण भएको ताकमकोत वि.स १९९० र २०७२ को भुकम्पका कारण जिर्ण बनेको थियो ।
ताकमकोतको एकिकृत विकास गर्ने उद्देश्यले तयार पारिएको गूरुयोजना अनुसार पहिलो कोतघर, अन्नपूर्ण–जगन्नाथ मन्दिर, सत्तल र सार्वजनिक शौचालय निर्माण भएको छ ।

ताकमकोतको पुर्बाधार निर्माणमा धवलागिरी गाउँपालिका र पर्यटन मन्त्रालयले पनि करिब रु. एक करोड पचास लाख लगानी गरेका छन् । म्याग्दीको प्रमुख शक्तिपिठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पुजाआजा र भाकल गरेमा मनोकाक्षा पुरा हुने विश्वास छ । जगन्नाथ, अन्नपूर्ण, दुर्गा लगायत देवी देवताको मुर्ती रहेका यहाँ नवदुर्गा, जेष्ठी पुर्णीमा, मंसिर पुर्णीमा, चैत्राष्टमी पर्वका अवसरमा बिशेष मेला लाग्ने गर्छ ।

वि.स १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहाँसिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाल लगायतका हातहतियार छन् ।

समुन्द्रि सतहदेखि दुई हजार ५०० मिटरको उचाईमा अवस्थित ताकमकोतबाट गुर्जा, धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङखलाको साथै मनोरम पहाडी भुगोल, ग्रामिण बस्ती र सुर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...