रत्नेचौर–बेनी सडक कालोपत्रको तयारी

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर देखि जिल्ला सदरमुकाम बेनी बजार जोड्ने सडक कालोपत्रको तयारी भएको छ ।

बेनी नगरपालिकाको वडा नम्बर १ मा अवस्थित यो सडक म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक सडक बागलुङ–बेनी अन्तरगत पर्दछ । बेनपा–१ रत्नेचौरको भुवाने देखि हुलाकेडाडा खबरा सम्मको सडक कालोपत्र हुन लागेको हो ।

यो सडक विस्तार र कालोपत्रे गर्न सडक डिभिजन कार्यालय बागलुङले बि.स. २०७४ साउनमा नागार्जुन देब एण्ड सायर बिएन जेभीसँग रु. तेह् करोड १५ लाखमा ठेक्का सम्झौता गरेको थियो । बि.स. २०७५ मा प्रदेश सरकार अन्तरगतको पुर्बाधार बिकास कार्यालय म्याग्दीमा हस्तान्तरण भएको यो सडक निर्माण बि.स. २०७६ मा सक्ने लक्ष्य थियो ।

Shreekrishna

९२ प्रतिशत भौतिक प्रगति भएको सडक निर्माणको काम तीन वर्षपछि सूचारु भएको हो । निर्माण कम्पनीका प्रतिनिधि नारायण जिसीले सडकमा कालोपत्रका लागि बेस बिछ्याएर सम्माउने र लोडरले पेल्ने काम भैरहेको बताउनुभयो ।

“वि.स. २०७६ मा कोरोना महामारी शुरु भएपछि रोकिएको सडक निर्माणलाई वि.स. २०७७ असारको बाढी पहिरोले क्षति पु¥यायो,” उहाँले भन्नुभयो “पहिरोले क्षति गरेपछि गर्नुपर्ने अतिरिक्त कामको भेरिएसन अर्डर (भिओ) स्विकृत भएपछि यसपाली कालोपत्र गर्ने कामलाई पूर्ण दिन लागिएको हो ।”

म्याग्दी बहुमुखी क्याम्पसको सूचना
default

निर्माण नसकिदै पहिलो चरणमा भएको कालोपत्रे उप्किएर खाल्डाखुल्डी परेको, पर्खाल भत्किएको र नाली पुरिएको थियो । पहिलो पन्छाउने, नाली सफा र खाल्डाखुल्डी पुरेर कालोपत्रको लागि तयारी बनाइएको छ ।

पिच उप्किएर खाल्डैखाल्डा परेको जिर्ण सडकमा दुर्घटनाको जोखिम बढेको थियो । बेनी—मालढुङ्गा सडक स्तरोन्नतिको चरणमा रहेको हुँदा म्याग्दी र मुस्ताङबाट पोखरा आवत जावत गर्ने सवारी साधनले बेनी–बागलुङ वैकल्पिक सडक प्रयोग गर्दै आएका छन् ।

सात देखि दश मिटर फराकिलो बनाएर बिस्तार भएको सडकमा डिबिएसडी प्रविधीको कालोपत्र गर्न लागिएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले लामो प्रयासपछि रत्नेचौर–बेनी सडकले कालोपत्र हुन लागेको बताउनुभयो ।

बागलुङ देखि बेनी सम्मको करिब १७ किलोमिटर सडक मध्य बागलुङ खण्डमा सडक डिभिजन कार्यालय मार्फत स्तरोन्नति गरिएको छ । बेनी देखि खबरासम्म करिब दुई किलोमिटर सडक गत वर्ष कालोपत्र भएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...