मुनामा किशोरी सम्मेलन

khali

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिका– ३ मुनामा पालिका स्तरीय दोस्रो किशोरी सम्मेलन भएको छ । सम्मेलनले बालबिवाह नियन्त्रण, बालअधिकार संरक्षण र लैङ्गिक समानता कायम गर्न ११ बुदे घोषणापत्र जारी गरेको छ ।

गल्र्स फस्ट फण्डको सहयोग, धवलागिरी गाउँपालिकाको समन्वय र संगम म्याग्दीको आयोजनामा किशोरी सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनले बालबिवाह, यौनजन्य हिंसा न्युनीकरण र महिनावारी स्वच्छता कायम गर्ने लगायत किशोरीहरुको शिक्षा, स्वास्थ्य र सुरक्षाका बिषयमा घोषणापत्र जारी गरेको संगमका कार्यकारी निर्देशक दिपक पौडेलले बताउनुभयो ।

धवलागिरी गाउँपालिकाको ताकम, मुना, मुदी र लुलाङको ४ वटा वडाका ११ वटा बिद्यालयमा गठन भएका किशोरी सञ्जालका २८ जना प्रतिनिधीहरुको सहभागिता थियो । किशोरीहरुले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षासँग समस्याको पहिचान गरि समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराउने बिषयमा सम्मेलनमा छलफल भएको थियो ।

Shreekrishna hardwear in news

किशोर अवस्थामा बिवाह गर्दा हुने असर तथा हानीका बारेमा समुदाय स्तरमा सचेतना फैलाउने, बिस बर्ष पुगेपछि मात्र बिवाह गर्ने, बिस वर्ष भन्दा कम उमेरमा बिवाह हुन लागेको सूचना प्रहरी, जनप्रतिनिधिलाई जानकारी गराउने र कानुनी कारबाहीको दायरामा ल्याउन सघाउने घोषणापत्रमा उल्लेख छ ।

khali

सबै बिद्यालयमा महिनावारी हुदा प्रयोग गर्ने प्याड बिसर्जनका लागि इन्सिलेटरको ब्यवस्थापन गर्न माग गरेको सम्मेलनमा सहभागिहरुले महिनावारी हुँदा सफा र धोएको प्याड घाममा सुकाएर मात्र प्रयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

बीस बर्ष नपुगी बिवाह गर्ने जोडीहरुको गाउँ ठाउँमा मिलाउने गलत प्रवृतिको बिरोध गर्ने र त्यस्तो हुन लागेको जानकारी पाएमा प्रहरीलाई सूचना दिने घोषणापत्रमा उल्लेख छ । किशोरीहरु माथि हुने यौनशोषण, हिंसा, बलात्कार अन्त्य, सुरक्षाको ग्यारेन्टि र त्यस्ता घटनामा संलग्नलाई कानुनी कारबाहीको माग गरेका छन् ।

महिनावारीलाई प्राकृतिक प्रक्रियाको रुपमा लिन आग्रह गर्दै त्यो अवस्थामा अध्यारो कोठामा थुन्ने, घरबाट बाहिर निस्कन नदिने, मिठो मसिनो खान नदिने अन्धबिश्वास र रुढिबाढीको भत्र्सना गर्दै महिनावारीको अवस्थामा किशोरीमैत्री वातावरण बनाउन आग्रह गरेका छन् ।

बाच्न, संरक्षण, बिकास र सहभागीताको नैसर्गिक अधिकारको सहज रुपमा उपभोग गर्ने वातावरण बनाउन माग गरेका छन् । कार्यक्रममा जिल्ला न्यायाधिश कृष्णप्रसाद नेपालले विभेदका कारक बनेका गलत सामाजिक संस्कारको अन्त्य गर्नुपर्ने बताउनुभयो । कानुनले अपराध मानेको बालबिवाहको एक कारण गलत सांस्कृति भएको बताउनुभयो । बालबिवाहले महिलाहरुको शिक्षा, स्वास्थ्य, सामाजिक लगायत धेरै क्षेत्रमा असर गरेको बताउनुभयो ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर र प्रमुख प्रशासकीय अधिकृत ध्रुब रिजालले बालबिवाह न्युनीकरण र विकृति न्युनीकरणका लागि बाल सञ्जाल र संघ संस्थाले गर्ने कार्यक्रममा साथ दिने बताउनुभयो । गरिवी, पारिवारिक समस्या, सामाजिक सञ्जाल र मोवाइलको दुरुपयोग बालबिवाहको कारण भएकाबताइएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...