पश्चिम नेपालका जेष्ठ सेयर सदस्यलाई तिर्थयात्रा

khali

बेनी, । म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सेयर सदस्यहरुलाई तिर्थयात्रा गराएको छ ।

khali

६५ वर्ष उमेर पुरा गरेका ९६ जना सेयर सदस्यहरुलाई मुस्ताङ स्थित हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ मन्दिरको तिर्थयात्रा गराएको हो । चैत २४ र २५ गते तिर्थयात्रा कार्यक्रम आयोजना गरिएको सहकारीका प्रबन्धक सदन कडेलले जानकारी दिनुभयो ।

सहकारीको वार्षिक कार्यक्रम अनुसार जेष्ठ सदस्यहरुलाई तिर्थयात्रा गराइएको हो । हिन्दु धर्मावलम्बीहरुको चार धाम मध्य एक मुक्तिनाथ हो । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मुख्य कार्यालय रहेको पश्चिम नेपालको ताकम, बाबियाचौर, तातोपानी, बेनी, राखुभगवती, पोखरेबगर र पर्वतको वारीबेनीमा शाखा छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...