म्याग्दीका किसानलाई माछाका भुरा वितरण

khali

बेनी, । म्याग्दीमा कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धवलागिरी गाउँपालिकाले कृषकको माग अनुसार माछा भुरा वितरण गरेको हो ।
विज्ञ केन्द्र र बेनी नगरपालिका १३÷ १३ हजार र धवलागिरी गाउँपालिकाले ७ हजार माछा भुरा कृषकलाई वितरण गरेको हो । आईतबार विज्ञ केन्द्रमा उपस्थित ४५ जना कृषकलाई केन्द्र प्रमुख एवम् पशु चिकित्सक जीवनप्रसाद आचार्य र बेनी नगरका पशु शाखा प्रमुख प्रदिप गौतमले भुरा वितरण गर्नुभएको हो ।
बेनी नगरपालिका र विज्ञ केन्द्रले कृषकको माग अनुसार बेनी नगरका ३५, अन्नपूर्णका ७ र रघुगंगा ३ जना गरी कृषकलाई पोखरीको क्षेत्रफलको आधारमा २६ हजार माछाका भुरा वितरण गरिएको बेनी नगरपालिकाका पशु शाखा प्रमुख प्रदिप गौतमले जानकारी दिनुभयो ।

khali


उहाँले पोखरीको क्षमता अनुसार कृषकलाई माछा भुरा वितरण गरिएको बताउनुभयो । साथै धवलागिरी गाउँपालिको कृषकको माग अनुसार ७ हजार माछाका भुरा मगाएको छ । कृषकको पोखरीको क्षमता अनुसार नवलपरासीबाट मगाईकाएको कार्प जातका माछा भुरा कृषकलाइ वितरण गरिएको पशु चिकित्सक आचार्यले जानकारी दिनुभयो ।
कृषकलाई व्यवसायिक उत्पादनका लागि केन्द्र र नगरपालिकाले स्थानीय कृषकलाई अनुदानमा भुरा, औषधी, तालिम र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । व्यावसायिक उत्पादनमा जोड दिँदै माछामा जिल्लालाई आत्मनिर्भर बनाउने अभियान अन्तरगत पालिकाले बर्षैपिच्छे बाहिरी जिल्लाबाट भुरा मगाएर वितरण गरेपनि जिल्लामै भुरा उत्पादन गर्ने अभियान भने थालनी गर्न सकेको छैन् । जिल्लामा ब्यवसायिक रुपमा माछापालन गर्ने करिव ५० जना कृषक रहेको केन्द्रले जानकारी दिएका छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...