धापुङमा स्थलगत कृषि तालिम

Gandaki Kotihome

बेनी । म्याग्दीको मंगला गाउँपालिका–४ धापुङमा बुधबार सेवा टेवा सहितको तरकारी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ ।

कृषि ज्ञान केन्द्रको आयोजनामा सञ्चालित १ दिने तालिममा २१ जनाको सहभागिता रहेको थियो । कृषकहरुलाई स्थलगत र व्यवहारिक रुपमा तरकारी खेती सम्बन्धी प्राविधिक ज्ञानसिप प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

Notice about ban dadalo

तालिममा मौसमी र बेमौसमी तरकारी खेती, नर्सरी व्यवस्थापन, रोग किरा व्यवस्थापन, प्रयोगात्मक सिड टे«मा नर्सरी सम्बन्धी कक्षा सञ्चालन भएको थियो । केन्द्रका प्राविधिक सहायक श्याम सरन कुर्मीले तालिमको सहजिकरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

सहभागीहरुलाई काँक्रो, चिप्ले भिन्डी, तितेकरेला, जुकेनी फर्सी, बोडी, सिमि, रायो सागको विउ, हजारी, सिड ट्रे, स्प्रेयर, एल्लो स्ट्रीक, कोको पिट लगायतका कृषि सामग्री निशूल्क वितरण गरिएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...