सामुदायिक वन उपभोक्ता महासंघ बेनी नगर समितिको नयाँ नेतृत्व चयन

Gandaki Ghumau

वनलाई कृषि र पर्यापर्यटनसँग जोड्नुपर्नेमा जोड

बेनी । सामुदायिक वन उपभोक्ता महासंघ बेनी नगर समितिको अध्यक्षमा सुर्यप्रकाश बानिया (सागर) चयन हुनुभएको छ ।
बेनीमा बुधबार सम्पन्न दोस्रो अधिवेशनबाट समितिको उपाध्यक्षमा मैना खत्री, सचिवमा तुलसी बानिया, कोषाध्यक्षमा भिमबहादुर रिजाल चयन हुनुभएको छ । सदस्यहरुमा गुमानसिंह गुरुङ, पहलबहादुर खत्री, पशुपति शाही, सान्तादेवी खत्री, ज्ञान गिरी, सर्मीला पुन, महेन्द्र अनुरागी, कमला दर्जी, ईन्द्रबहादुर थापा, केदारनाथ सुवेदी, यामबहादुर बानिया, नगेन्द्र भण्डारी, धनबहादुर बानिया, दिनेश बानिया, जालमाया बिक, कल्पना चर्माकार, बिमाकुमारी गुरुङ, बिष्णु हमाल बानिया, लक्ष्मी थापा, शान्तादेवी केसी र करिश्मा बिक चयन हुनुभएको छ ।
अधिवेशनको उद्घाटन गर्दै महासंघका केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख हरि बास्तोलाले सामुदायिक वनको संरक्षण र दिगो व्यवस्थापनको जिम्मेवारी संगै उचित उपयोगको अधिकार स्थानीयबासीमा रहने बताउनुभयो । उहाँले सामुदायिक वनका वन पैदावारहरुको सहज रुपमा उपभोग गर्ने नीति आबश्यक रहेकोमा जोड दिदै वनलाई काठ, दाउरा र घाँसको उपभोगको लागि मात्रै प्रयोग गर्न नहुने बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya


‘‘सामुदायिक वनलाई कृषि वनको रुपमा विकास गर्न जरुरी छ, त्यसको लागि वनमा कृषिजन्य उद्यम, नर्सरी, जडिबुटी खेती र पर्या पर्यटन मार्फत उपभोक्ताको आर्थिक अवस्थामा सुधार ल्याउनतर्फ अघि बढ्नुपर्छ, त्यसो गर्न सकेमा रुख काट्नुपर्दैन, टिकट काटेर आम्दानी गर्न सम्भव छ’’– बास्तोलाले भन्नुभयो । खाली ठाउँहरुमा पर्यटन पूर्वाधार पार्क निर्माण गर्न सकेमा त्यसले समितिको दिगो आम्दानी र उपभोक्ताको आर्थिक समृद्धिमा टेवा पु¥याउने उहाँको भनाई थियो ।
कार्यक्रममा महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले महासंघले उपभोक्ताको हक अधिकार स्थापित गर्न जिम्मेवार भएर अघि बढेको बताउँदै वन ऐन, विनियम र कार्ययोजना अनुरुप प्रकृया मिलायर वन पैदावार उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।


उहाँले दिगो वन व्यवस्थापनको राष्ट्रिय नीति निर्माणमा ढिलाई हुँदा वनमा काठ कुहिएर खेर जाने र विदेशबाट करोडौँका काठहरु आयात गर्नुपर्ने अवस्थाले मुलुकको अर्थतन्त्र नै प्रभावित बनेको बताउनुभयो ।
कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले दाउरा र काठको बैकल्पिक स्रोतको बढ्दो प्रयोगले वनमा काठ र दाउराहरु खेर जान थालेको बताउँदै वनलाई बहुआयामिक रुपमा उपयोग गर्न उपभोक्ताहरु सक्रिय बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महासंघका गण्डकी प्रदेशका सहसचिब सिता कुमारी गुरुङ, पूर्व जिल्ला अध्यक्ष देवबहादुर घले, जिल्ला अध्यक्ष जिवन कार्की, बेनी नगरपालिका स्तरीय समितिका अध्यक्ष मुक्ति खड्का, बेनी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष कृष्णसिंह बानियाँ, वडा नम्बर १० का अध्यक्ष मसबीर रोका, गाजने सामुदायिक वनका अध्यक्ष यामबहादुर बानियाँ, माझखेत भुतभुते सामुदायिक वनका सचिब देवी केसी लगायतले सामुदायिक वनको बहुआयायिक उपयोगका लागि आबश्यक नीति निर्माणमा सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभएको थियो ।
अध्यक्ष खड्काको अध्यक्षता, उपाध्यक्ष गणेश बानियाँको स्वागत र सचिब सुन्तली जिसीको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...