सहकारी दिवसको अवसरमा अस्पताल सरसफाई

Gandaki Kotihome

बेनी, । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी संघ म्याग्दीले विविधि कार्यक्रम गरेको छ ।

सहकारी संघ म्याग्दीले दिवसको पुर्वसन्ध्यामा आइतबार बेनी अस्पताल परिसरमा आइतबार सरसफाईको आयोजना गरेको छ । सहकारी कर्महरुले अस्पताल परिसरको फोहोर संकलन र व्यवस्थापन गरेका थिए । सहकारीका सञ्चालक र प्रबन्धकसँग अन्तरक्रिया सहित विविध कार्यक्रम गरिएको जनाएको छ ।

Notice about ban dadalo

सहकारी दिवस ‘सहकारीको दिगोपनः स्वनियमन र सुशासन’ भन्ने भावलाई सार्थक गर्न सहकारीका समसामयिक मुद्दाहरुलाई उजागर गर्न विभिन्न कार्यक्रमहरु भव्य रुपमा मनाउने योजना रहेको सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले बताउनुभयो । दिवसको अवसरमा सोमबार सदरमुकाम बेनीमा प्रभातफेरी सहितको उद्घाटन कार्यक्रम गरिने जनाइएको छ ।

Shreekrishna hardwear in news

वि.सं. २०१३ साल चैत्र २० गते चितवनमा बखान ऋण सहकारी समिति स्थापना भएको दिनलाई स्मरण गर्दै नेपालको सहकारी अभियानले विविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय सहकारी दिवस मनाउँदै आएको छ ।

सहकारीमा सदस्यको बचतको सुरक्षाका लागि जिम्मेवार र प्रतिबद्ध रहेको सन्देश प्रवाहित गर्दै अभियानका तर्फबाट राखिएका मागहरूमा सम्बन्धित निकायको ध्यानाकर्षण हुने गरि कार्यक्रम गरिने कोअपरेटिप म्यानेजर क्लव म्याग्दीका सचिव नेत्रराज सुबेदीले बताउनुभयो । उनका अनुसार सहकारी अभियान सहकारीकर्मीको हितमा रहेकाले समुदायस्तरमा सधै नियमित कार्यक्रमहरुलाई प्राथमिकता दिने बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...