बेनी– मालढुङ्गा सडक निर्माण रोकियो

Gandaki Kotihome

बेनी, नदीजन्य निर्माण सामग्रीको अभावका कारण म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी– मालढुङ्गा सडक स्तरोन्नितिको काम रोकिएको छ ।

पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गा देखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक निर्माण रोकिदाँ, आयोजना अलपत्र पर्नुका साथै निर्माण अवधि लम्बिएको, यात्रुलाई सास्ती र जोखिम बढेको छ ।

उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरबको कालिगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत १३ किलोमिटर दुरिको बेनी– मालढुङ्गा सडक स्तरोन्नतिका लागि वि.स. २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु. ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

Upper Myagdi transmition line notice

एपेक्स–खड्का–कृष्णको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनले नदीजन्य निर्माण सामग्रीको अभावका कारण सडक निर्माण रोकिएको बारेमा आयोजना, स्थानीय प्रशासन र पालिकाहरुलाई पत्र मार्फत जानकारी गराएको छ । ओमकारेश्वरका सञ्चालक अमृत दाहालले सडक निर्माणका लागि आवश्यक पर्ने ढुङ्गा, गिट्टि, बालुवा र रोडा नपाएपछि शुक्रबारदेखि काम रोकिएको बताउनुभयो ।

“६ किलोमिटर सडक विस्तार, नाली र पर्खाल सकेर ग्राभेल गर्ने तयारी अवस्थामा छ,” उहाँले भन्नुभयो “ठेक्का सम्झौता अनुसार ग्राभेल गर्न आवश्यक नदीजन्य कच्चा पदार्थको स्रोत कालीगण्डकी हो । नदीजन्य पदार्थ नभएपछि मजदुरलाई घर पठाएको छु । दर्जनौ डोजर, टिप्पर थन्काएर राख्नुपरेको छ ।”

Annapurna aarohan ko notice

सम्झौता अनुसार राष्ट्रिय गौरवको आयोजनाका लागि कालीगण्डकीबाट नदीजन्य निर्माण सामग्री उपलब्ध गराउन अन्तरिम आदेशको माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्षी बनाएर निर्माण कम्पनीले सर्वोच्च अदालतमा रिट निवेदन दिएको थियो ।

सर्वोच्च अदालतको २०७८ असार २९ गतेको आदेश अनुसार कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन गर्न रोक लगाइएको छ । सर्वोच्च पुरानै आदेशलाई निरन्तरता दिदै अन्तिरिम आदेश दिन अस्विकार गर्ने निर्णय गरेपछि आयोजनाको काम रोकिएको हो ।

अदालतको आदेशका कारण नदी बगर ठेक्का लगाउन नसकिएको, करोडौ राजस्व गुमेको र विकास आयोजनामा असर देखिएको छ ।
२०७९ चैत महिनासम्मको म्याद रहेको यो सडक योजनाको हालसम्मको भौतिक प्रगति ३० प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । सडक निर्माणको काम रोकिदाँ यातायातका साधन सञ्चालन र यात्रुहरुलाई आवत जावतमा समस्या भएको छ । खाल्डाखुल्डी, धुलो, हिलोका कारण यात्रा गर्न सास्ती भएको मोहनचोकका भिष्म मल्लले बताउनुभयो ।

“सहज हुँदा ३० मिनेटमा बेनी देखि मालढुङ्गा पुगीन्थ्यो, अहिले डेढ घण्टा लाग्छ,” उहाँले भन्नुभयो “धुलो, हिलो र साँघुरो सडकमै राखिएका निर्माण सामग्रीले आवत जावतमा असहजता सँगै दुर्घटनाको जोखिम बढेको छ ।” यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका वासिन्दाका साथै पर्यटक र तिर्थयात्री आवत जावत गर्छन् ।

‘कामका लागि खाद्यान्न’ कार्यक्रम अन्तरगत बि.स. २०५२ मा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी बि.स. २०६८ मा कालोपत्र भएको थियो । मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी कोरिडोर अन्र्तगत यो सडकलाई ११ मिटर चौडा र कालोपत्रे गर्न लागिएको हो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...