विद्याज्योति माविको भवन उद्घाटन

Gandaki Pardesh notice

बेनी, पर्वतको जलजला गाउँपालिका–३ मल्लाज स्थित विद्याज्योति माबिमा निमाण भएको कक्षा कोठा भवनको बिहिबार उद्घाटन गरिएको छ ।

विकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा दश कोठे दुई तले कक्षा कोठा भवन निर्माण भएको थियो । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य र विकास बेल्जियमका प्रोजेक्ट कोअर्डिनेटर तथा उपाध्यक्ष मिस्टर करेल आर्ट्सले अध्याधुनिक कक्षा कोठा भएको भवनको उद्घाटन गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष एकेन्द्र खत्रीको अध्यक्षता, शिक्षक हिरा बरुवालको सञ्चालन र प्रअ रघुनाथ आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा जलजला गाउँपालिकाका पुर्व अध्यक्ष यामबहादुर मल्ल, वडा नम्बर २ का अध्यक्ष प्रकाश जिसी, गाउँपालिकाका शिक्षा अधिकृत त्रिबिक्रम आचार्य लगायतको पनि आतिथ्यता रहेको थियो ।

Shreekrishna hardwear in news

बलमैत्री, अपाङ्गमैत्री संरचना भएको भवनको प्रत्येक कक्षा कोठामा प्रोजेक्टर, स्मार्ट घडी र एक वडा स्मार्ट बोर्ड राखिएको छ । भवन निर्माणमा विकास बेल्जियमबाट रु. एक करोड २९ लाख १६ हजार ५३५ र जलजला गाउँपालिकाको रु. ४३ लाख ५ हजार ५१२ गरि कुल रु. एक करोड ७२ लाख २२ हजार ४७ पैसा खर्च भएको छ ।

विकास बेल्जियमको ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशत लागत साझेदारीमा भवन निर्माण भएको विकास बेल्जियमका स्थानीय समन्वयकर्ता टेकबहादुर बरुवालले बताउनुभयो । रु. दुई करोड १३ लाख ९५ हजार ७६२ लागत अनुमान गरिएको भवन निर्माणका लागि वि.स. २०७८ साउन ५ गते त्रिशक्ति कन्ट्रक्सन इन्जिनियरीङले कर सहित रु. एक करोड ६० लाख ७२ हजार ९७२ मा ठेक्का सम्झौता गरेको थियो ।

Bhautik ministry notice about road

पुरानो भवन जिर्ण भएपछि नयाँ भवन निर्माणका लागि गाउँपालिका र बिकास बेल्जियममा डिपिआर तयार पारेर प्रस्ताव गरिएको थियो । कक्षा १२ सम्मको पठनपाठन हुने बिद्यालयमा २७० जना भन्दा बढी बिद्यार्थी छन् ।

भवन निर्माण बाहेक विकास बेल्जियमबाट थप रु. २१ लख ९२ हजार ३३० सहयोग प्राप्त भएको प्रअ आचार्यले बताउनुभयो । सो रकमबाट स्मार्ट बोर्ड, प्रोजेक्टर, फर्निचर लगायत सामग्री खरिद गरिएको छ । नयाँ शैक्षिक सत्रबाट स्मार्ट बोर्डबाट कक्षा सञ्चालनको तयारी भएको छ ।

उद्घाटन समारोहमा अध्यक्ष आचार्यले गाउँपालिकाका बालकक्षहरुमा स्मार्ट टिभि मार्फत नयाँ तरिकाले पठनपाठनको तयारीमा लागेको बताउनुभयो । विकास बेल्जियमले मल्लाजको विकासमा गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा सहकार्यलाई निरन्तरता दिन अनुरोध गर्नुभयो ।


विकास बेल्जियम ३५ वर्षदेखि सामाजिक क्षेत्रमा क्रियाशिल संस्था हो । बि.स. २००४ मा स्थापना भएको बिद्याज्योति धवलागिरी क्षेत्रकै पुरानो बिद्यालय मानिन्छ । विकास बेल्जियमले यसअघि धवलागिरी गाउँपालिकाका–७ मा ताकम माविको भवन र बेनीको कालीपुल देखि डिलफाँट हुदै मल्लाजसम्म पदमार्ग निर्माण गरेको थियो ।

तीन चरणमा रु. ८६ लाख नौ हजार २५२ को लागतमा एक हजार ९५२ मिटर पक्की पदमार्ग निर्माण हो । ठाडो भीरको उकालोमा सिढी र रेलिङ सहितको पदमार्ग निर्माण भएपछि बेनी बजारका साथै बगरफाँट वारिवेनी, जलजला गाउँपालिकाको बाँसखर्क, मल्लाज, लेकफाँट, म्याग्दीको नागीका बासिन्दालाई आवत जावतमा सहज भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...