शिखमा सिलाई कटाई तालिम शूरु

Gandaki Pardesh notice

सुरेन गुरुङ
शिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा दुई महिने सिलाई कटाई तालिम शुरु भएको छ ।

लघुउद्यम विकास कार्यक्रम अन्तरगत अन्नपूर्ण गाउँपालिकाको आयोजनामा चैत १२ गतेदेखि शुरु भएको तालिम जेठ १५ गतेसम्म सञ्चालन हुने जनाइएको छ । १० जना सहभागि रहेको तालिमका अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले उद्घाटन गर्नुभयो ।

Bhautik ministry notice about road

सो कार्यक्रममा उपाध्यक्ष पुनले महिलाहरुलाई सिपको विकास गरि उद्यमशिलतामा आवद्ध गराई आत्मनिर्भर बनाउन प्राथमिकता दिएको बताउनुभयो । ६४ दिन चल्ने तालिमको हिरा कुमारी मल्ल सुवेदीले सहजिकरण गर्नुहुने उद्यम विकास सहजकर्ता फामाया पुनले बताउनुभयो ।

Shreekrishna hardwear in news

वडा अध्यक्ष राजेश तिलिजा पुनको अध्यक्षता, महिला तथा बालबालिका शाखाका सबिना थापाको सञ्चालन र वडा सदस्य ईशा गर्बुजाको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा वडा सदस्य जुना खाती, टोल सुधार समितिका अध्यक्ष जितबहादुर पाईजा लगायतको उपस्थिति रहेको थियो । तालिम उद्घाटनका कार्यक्रममा उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रम अन्तरगत २ जनालाई पोषण सामग्री वितरण गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...