निशूल्क आँखा शिविरमा ८२ जनाको मोतियाबिन्दुको शल्यक्रिया

Gandaki Kotihome

बेनी, बेनीमा बुधबार सम्पन्न निशूल्क आँखा उपचार शिविरमा ८२ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ ।

हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा नेपाल नेत्रज्योती संघ म्याग्दीले बेनी अस्पताल परिसरमा चार दिनसम्म शिविर सञ्चालन गरेको थियो । नेत्रज्योती संघका अध्यक्ष अमर बानियाले ८२ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको जानकारी दिए ।

‘स्थानीय तहको समन्वय गरेर वडा स्तरमा गरिएको शिविरमा दुई हजार २०० जनाको आँखा परिक्षण गरिएको थियो,’ उनले भने ‘गाउँमा पहिचान भएका मोतियाबिन्दुका बिरामीलाई पोखराबाट चिकित्सक ल्याएर बेनीमा निशूल्क शल्यक्रियाको व्यवस्था मिलाएका हौ ।’

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

रघुगंगा गाउँपालिकाको पाखापानी, मंगलाको कुहु, बेनी नगरपालिकाको डाडाखेत, अन्नपूर्णको राम्चे, हिस्तान र शिखमा आँखा उपचार शिविर आयोजना गरेर मोतियाबिन्दुका बिरामी पहिचान गरिएको थियो । यसअघि गत असोजमा १९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको बानियाले बताए ।

हिमालयन आँखा अस्पताल पोखराका डा. अञ्जु गुरुङको नेतृत्वमा शिविरका संयोजक सुवास नेपाल, अस्पतालका मिना राई, साधना मजाकोटी, गरिमा लौडारी, नेत्रज्योती संघ म्याग्दीका प्राविधिक दिनेश बानिया लगायत स्वास्थ्यकर्मीहरुले सेवा दिएका थिए ।

जिल्लामै शिविर हुँदा शल्यक्रिया गर्नका लागि पोखरा जाँदा एक जना व्यक्तिको करिब २० हजार रुपैयाँ नगद र तीन दिन भन्दा बढी समयको बचत भएको बेनपा–९ घतानका भिमबहादुर थापाले बताए ।

७७ वर्षीय एकल पुरुष थापाको दुई वटै आँखाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । ‘आँखा देख्न नसक्दा घरबाट निस्कन सकेको थिइन, जेलमा बसेको जस्तो भएको थियो,’ उनले भने ‘शल्यक्रियापछि दुई वटै आँखा देख्ने भए । अब हिडडुल गर्न मात्र होइन घरमा आफै खाना पकाएर खान सक्छु ।’

धुँवा, धुलो, आँखाको सरसफाई र चेतनाको कमीले मोतियाबिन्दु र जलविन्दुको समस्या हुने गरेको नेत्रज्योती संघ म्याग्दीका प्राविधिक दिनेश बानियाले बताए । नेत्रज्योती संघले बेनी र रेडक्रस सोसाइटीले मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आँखा उपचार केन्द्र सञ्चालन गरेका छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...