जनबिकास आधारभूतमा अक्षयकोष स्थापना

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाँउपालिका–६ आरवाङ स्थित जनबिकास आधारभूत विद्यालयमा शनिबार एक लाख ७५ हजार रुपैयाको अक्षयकोष स्थापना भएको छ ।

नाखे गुरुङ्गले धर्मपत्नी लालमति गुरुङको स्मृतिमा एक लाख रुपैयाको लालमति स्मृति कोष स्थापना गर्नुभएको छ । गुरुङ बाहेक अक्षयकोष स्थापना गर्ने दुई जना पहिरो पिडित हुन् ।

रिखका धनबहादुर जुग्जालीले श्रीमति हिमादेबी, छोरी करिश्मा र कञ्चनको स्मृतिमा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो ।

Shreekrishna hardwear in news

यसैगरी भिमप्रसाद जुग्जालीले श्रीमति गौसरा र बुहारी दिमाको स्मृतिमा २५ हजारको गौसरा स्मृति कोष स्थापना गर्नुभएको छ ।

Bhautik ministry notice about road

धनबहादुर र भिमप्रसादले गत असारको पहिरोमा दिवंगत भएका परिवारको सम्झनामा अक्षयकोष स्थापना गर्नुभएको हो ।

अक्षयकोषको रकम अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुनेलाई पुरस्कार र एवम् गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिमा परिचालन गरिने बिद्यालयले जनाएको छ । अक्षयकोषको रकम विद्यालयको मुद्दति खातामा राखिने भएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुर्णबहादुर गुरुङको अध्यक्षता र प्रअ तिलक गर्बुजाको सञ्चालनमा सम्पन्न कार्यक्रममा ब्यवस्थापन समितिका भुपु अध्यक्ष शान्तप्रसाद पुनलाई सम्मान सहित बिदाई गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...