म्याग्दी कपको उपाधी पश्चिम दरवाङलाई

Gandaki Ghumau

बेनी, । बेनीमा मंगलबार सम्पन्न म्याग्दी कप आमन्त्रित जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी पश्चिम दरवाङ युवा क्लवले जितेको छ ।

Gunasthariya Shiksya

जिल्ला फुटबल संघ म्याग्दी र म्याग्दी कप २०७९ व्यवस्थापन समितिले आयोजना गरेको प्रतियोगिताको फाइनलमा कालीपुल युनाइटेडलाई पराजित गर्दै पश्चिम दरवाङ बिजयी भएको हो ।
निर्धारित र थप भएको २० मिनेटमा दुवै पक्षबाट गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा ढकेलिएको थियो । पेनाल्टि सुटआउटमा ५ का विरुद्ध ६ गोल गर्दै पश्चिम म्याग्दी बिजयी भएको हो ।
कालिपुल यूनाइटेडका खेलाडीले प्रहार गरेको पाँचौ तथा निर्णायक पेनाल्टी पश्चिम म्याग्दीका गोलरक्षक सजिन किसानले रोक्नु कालिपुल यूनाइटेडका लागि दूर्भाग्य बन्यो । भिषण बर्षा र खेलाडी बिचको विवादका कारण खेल केहीबेर रोकिएको थियो ।
फाइनल खेलमा कालिपुल यूनाइटेडका एक खेलाडीले रेडकार्ड पाएपछि खेलअवधिमै बाहिरिए भने दुवै समुहका गरी ५ खेलाडीले पहेँलो कार्डको सामना गर्नु परेको थियो । खेलाडीको विवाद र प्रतिकुल मौषमले खेल निकै तनावपूर्ण भएको थियो ।
सात दिनसम्म लिग प्रणालीमा सञ्चालन भएको थियो ।
विजेताले रु. एक लाख २० हजार र उपविजेताले रु. ७० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका आयोजक समितिका संयोजक बिक्रम सुवेदीले जानकारी दिनुभयो । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी पश्चिम म्याग्दीका राजन पुन मगर घोषित भए भने सर्वाधिक गोलकर्ता कालिपुल युनाइटेडका बिनम थजाली भए ।

थजालीले ८ गोल प्रहार गरेका थिए । प्रतियोगितामा गोलकर्तामा कालिपुल युनाइटेडका सन्दिप क्षत्री, उदयमान खेलाडी सनम विक, अनुशासित टिममा जनप्रिय यूवा क्लव दरबाङलाई सम्मान गरिएको थियो ।
अनुशासित क्लव र उत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ७ हजार ५०० रुपैयाँ र ट्रफी, उत्कृष्ट युवा खेलाडीलाई ५ हजार रुपैयासहित ट्रफी प्राप्त गरेका छन् ।
विजेतालाई बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रवक्ता रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, म्याग्दी कपका संयोजक बिक्रम सुबेदी लगायतले ट्रफी मेडल तथा पुरस्कार वितरण गर्नुभएको थियो ।
म्याग्दी पहिलो पटक आमन्त्रित जिल्ला लिग फुटबल प्रतियोगिता आयोजना गरिएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)को सदस्यताका लागि प्रतियोगिताले सहयोग पुग्ने बताइएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...