शैक्षिक सुधार योजना बनाउदै जलजला गाउँपालिका

Gandaki Pardesh notice

जलजला, । शैक्षिक क्षेत्र सुधार कार्ययोजना निर्माणका लागि पर्वतको जलजला गाउँपालिकाले शैक्षिक सरोकारवालाविच आइतबार अन्तरक्रिया गरेको छ ।

जलजलाका गाउँपालिका शिक्षा समितिका सदस्यहरु, वडाअध्यक्ष, सामुदायिक विद्यालयहरुको प्राधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

गाउँपालिका अध्यक्ष राजु आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुलप्रसाद आचार्यले सामुदायिक विद्यालयको शैक्षिक सुधार नभएसम्म अन्य क्षेत्रको सुधार नहुने बताउनुभयो ।

Shreekrishna hardwear in news

गाउँपालिकाभित्रका शैक्षिक क्षेत्रका सरोकारवालाहरुले विशेष ध्यान दिन आग्रह गर्नुभयो । आगामी दिनमा जलजलाको शिक्षा शैक्षिक क्षेत्रको सुधारका लागि संघले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Bhautik ministry notice about road

त्यस्तै गाउँपालिका अध्यक्ष आचार्यले शैक्षिक क्षेत्र तत्काल सुधार कार्ययोजना निर्माणलाई मूर्तरुप दिन तथा समग्र शैक्षिक गुणस्तर कायम गर्न सबैको भूमिका महत्वपूण हुने बताउनुभयो । उहाँले शैक्षिक सुधारका लागि शिक्षकहरु पनि जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
शैक्षिक क्षेत्रको सुधार योजना निर्माणदेखि कार्यान्वयन सम्म शिक्षक तथा प्रधानाध्यापक र विव्यस अध्यक्ष जिम्मेवार र अनुशासित विद्यार्थी भएमा शिक्षा क्षेत्र गुणस्तरीय बनाउन सहयोग पुग्ने भनाई राख्नुभयो । विद्यालयको प्रविधिमैत्री बनाउन गृहकार्य गाउँपालिकाले गरेको जानकारी गराउनुभयो । गाउँपालिका उपाध्यक्ष दिपक आचार्य र प्रमुख प्रशासकिय अधिकृत कुशल सुवेदीको उपस्थित रहेको थियो ।

आगामी दिनमा विद्यालयको शैक्षिक सुधार कार्ययोजना निर्माण तथा कार्यान्वयन सम्वन्धी प्रशिक्षण प्रशिक्षक बद्री दाहालले गर्नुभएको थियो । शैक्षिक गुणस्तर बनाउनका लागि सबै पक्षको सल्लाह र सुझावको लागि अन्तरक्रिया राखिएको गाउँपालिका शिक्षा अधिकृत त्रिविक्रम आचार्यले बताउनुभयो ।

जलजलामा सामुदायिक ४४ वटा र निजि ३ वटा गरी ४७ वटा विद्यालय रहेका छन् । शिक्षा अधिकृत आचार्यको स्वागत र प्रास देवी रिजालको संचालनमा सम्पन्न भएको अन्रक्रियामा विद्यालयका प्रअले शिक्षा क्षेत्रमा देखिएका समस्याहरु सुनाउनुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...