रत्नेचौरमा सडक ढलान

Gandaki Pardesh notice

रत्नेचौर, । बेनी नगरपालिका–१ रत्नेचौरको किराखोर देखि रावलथर जोड्ने सडक ढलान गर्न थालिएको छ ।

बेनी नगरपालिकाको सहयोगमा उपभोक्ता समिति मार्फत बेनी–बागलुङ सडकको किराखोर स्थित प्रतिक्षालय देखि सडक ढलान शुरु गरिएको हो । बेनी नगरपालिकाले सो योजनाका लागि चालु आर्थिक वर्षमा रु. ८ लाख बिनियोजन गरेको थियो । उपभोक्ताले रु. एक लाख ३८ हजार ६९३ बराबरको श्रमदान गरेका छन् ।

तीन मिटर चौडाई र २.५ फिट उचाईको १५४ मिटर दुरीको सडकमा पिसिसी ढलान र १०.१३ घनमिटर मेसिनरी पर्खाल निर्माण भएको बेनी नगरपालिका–१ का प्राबिधिक कमल थापाले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

उपभोक्ता समितिका अध्यक्ष जंगबहादुर रावलले वि.स. २०५४ सालमा मार्ग खुलेको सडक अहिले ढलान गरिएको बताउनुभयो । सडक ढलान भएपछि बर्खामा हिलो र हिउँदमा धुलोको समस्या हट्ने अपेक्षा गरिएको छ । यसअघिका वर्षमा नगरपालिकाको सहयोगमा करिब पाँच सय मिटर सडक मध्य ५० मिटर बाहेकको ठाउँमा नाली निर्माण गरिएको छ ।

ढलान गर्न बाँकी ३०० सय मिटरलाई पनि पूर्णता दिन आगामी वर्ष योजनालाई निरन्तरता दिन स्थानीयबासीले अनुरोध गरेका छन् । ६२ घरधुरीले उपभोग गर्ने सो सडकमा पानी पर्दा सडक चिप्लो भएर चिप्लिएर लड्ने र हिउँदमा धुलोको समस्या थियो ।

योजनाको अनुगमन गर्न पुगेकी बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले उपभोक्ताको सक्रियताका कारण समयमै योजना सम्पन्न भएको बताउनुभयो । नगरका बस्ती भित्रका सडकलाई हिलो र धुलो मुक्त बनाउन ढलान र कालोपत्र गर्ने कामलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...