निर्माण व्यवसायी संघ म्याग्दीको अध्यक्षमा भट्टचन

Gandaki Pardesh notice

बेनी । निर्माण व्यवसायी संघ म्याग्दीको अध्यक्षमा गोपाल भट्टचन चयन हुनुभएको छ ।
संघको शनिबार बेनीमा भएका २२ औ साधारणसभा तथा ११ औ अधिवेशनबाट म्याग्दीका पुराना निर्माण व्यवसायी भट्टचनको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो ।
नारायण जिसी निवर्तमान अध्यक्ष रहनुभएको संघको प्रमुख बरिष्ठ उपाध्यक्षमा प्रदिप सापकोटा, बरिष्ठ उपाध्यक्षमा विपीन खड्का, उपाध्यक्षमा प्रवीण सापकोटा, नरसिंहबहादुर खत्री, प्रविण शाही र कुशल पौडेल चयन हुनुभएको छ ।
महासचिवमा दिनेश केसी, उपमहासचिवमा इन्द्रबहादुर बानिया, सचिवमा भरत पौडेल, कोषाध्यक्षमा कुशल जिसी, सहसचिवमा मनप्रसाद कडेल, सहकोषाध्यक्षमा श्यामसुन्दर कडेल चयन हुनुभएको छ ।
सदस्यहरुमा लोकबहादुर मल्ल, मोहन कार्की, रामकुमार श्रेष्ठ, दिनेश ढुंगाना, नविन केसी, मोतिलाल पौडेल, कल्पना बरुवाल, जंगबहादुर भण्डारी, विजय शेरपुञ्जा र घनश्याम पौडेल चयन हुनुभएको संघले जनाएको छ ।
यसअघिको दुई कार्यकाल विभाजित भएर समानान्तर समिति बनाएका निर्माण व्यवसायीहरुले यसपाली एकताको अधिवेशन गरेर सर्वम्मत नेतृत्व चयन गरेका हुन् । अधिवेशनको उद्घाटन गर्नुहुदै संघका संस्थापक नेत्र महतले जिल्लाका व्यवसायी मिलेर अघि बढ्न, साना व्यवसायीको संरक्षण र विकासलाई गति दिनुपर्ने बताउनुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...