लायन्स क्लव ३२५ आई नेपालको गर्भनरमा म्याग्दीका केसी

Gandaki Kotihome

बेनी, । अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लवको डिष्ट्रिक्ट ३२५ आई नेपालको वर्ष २०२३÷२४ को गर्भनरमा म्याग्दीका चन्द्रकुमार केसी निर्वाचित हुनुभएको छ ।

पोखरामा शनिबार भएको क्लवको अधिवेशनमा केसीले सहभागी क्लवका प्रतिनिधिहरुको सत प्रतिशत मत प्राप्त गरेर गर्भनरमा निर्वाचित भएको घोषणा गरिएको छ । सन् २००७ देखि लायन्स अभियानमा सक्रीय केसी लायन्स क्लब अफ बेनी म्याग्दीका संस्थापक अध्यक्ष हुनुहुन्छ ।
केसीले अघिल्लो कार्यकालमा प्रथम डिष्ट्रिक्ट गर्भनरको पदमा रहेर काम गर्नुभएको थियो । डिष्ट्रिक्ट ३२५ आइ नेपालमा १५५ क्लब र करिव ४ हजार सदस्य आवद्व रहेका छन । यो नेपालमा रहेका १५ वटा लायन्सको डिष्ट्रिक्ट मध्य ठूलो डिष्ट्रिक्ट हो ।

केसी विगत १६ बर्ष देखी निरन्तर लायनवादमा सक्रिय रहि डिष्ट्रिक्टको महत्वपूर्ण पदमा सेवा, सक्रियता र योगदानका हिसाबले एउटा छुट्टै पहिचान र अस्तित्व बनाएका व्यक्ति हुनुहुन्छ ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

म्याग्दी जिल्लामा लायन्स अभियानको नेतृत्व गदैं जोन, रिजन लगायत क्लबका विभिन्न जिम्मेवारीलाई सफलतापूर्वक भूमिका निर्वाह गरेका केसीले लायन्स क्लबको पढाउ अभियानको नेतृत्व गर्नुभएको थियो ।

म्याग्दीमा क्रियाशील परोपकारी संस्था ओमकुमारी शान्ति कोषको संस्थापक अध्यक्ष समेत रहेका केसीले कलेजोको समस्याबाट ग्रसित एक बालिकाको जीवन बचाउन आफ्नो कलोजोको केही अंश समेत दान गर्नुभएको थियो ।

लायन्स क्लबमार्फत म्याग्दीको किसानी प्राविधिक शिक्षालय बिम र गलेश्वर मावि तोरीपानीमा आठ÷आठ कोठे र नारच्याङ स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । बेनी अस्पतालमा स्वास्थ्य उपकरण सहयोग गरेको क्लबले पहिरोको विपद्को समयमा पनि जिन्सी तथा खाद्यान्नलगायत राहत सामग्रीहरु उपलब्ध गराएको थियो । हालै दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग गरेको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...