अरुणा शाहीलाई पल्सर स्पोट्स अवार्ड

Gandaki Pardesh notice

काठमाडौ, । फुटबलका अञ्जन विष्ट र भलिबलकी अरुणा शाहीले पल्सर स्पोर्ट्स अवार्डको १९औं संस्करणको उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् ।

नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) ले काठमाडौमा मंगलबार एक कार्यक्रमको आयोजना गर्दै वर्ष २०७८ को वर्ष पुरुष र महिला खेलाडीसहित नौ विधाको अवार्ड प्रदान गरेको हो ।

वर्ष पुरुष खेलाडीको अवार्डको मनोनयनमा फुटबलका अञ्जनसँगै क्रिकेटका कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, फुटबलका किरण चेम्जोङ र ब्याडमिन्टनका प्रिन्स दाहाल थिए । वर्ष खेलाडीको महिलामा भलिबलकी अरुणासँगै क्रिकेटकी रुविना क्षेत्री, सीता रानामगर, बक्सिङकी पुनम रावल, एथ्लेटिक्सकी पुष्पा भण्डारी मनोनयन परेका थिए ।

Shreekrishna hardwear in news

त्यस्तै वर्ष युवा खेलाडीको अवार्ड फुटबलका मनिष डाँगीले जितेका छन् । मनोनयनमा फुटबलकी प्रीति राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन र भलिबलकी उषा भण्डारी थिए ।

Bhautik ministry notice about road

प्रशिक्षकको अवार्ड फुटबलका अब्दुल्ला अलमुताइरीले जिते । यो अवार्डको मनोनयनमा बक्सिङका दीपक महर्जन, पारा तेक्वान्दोका कविराज नेगी लामा, क्रिकेटका डेभ ह्वाटमोर र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका थिए ।

पिपल्स च्वाइस विधामा भलिबलकी उषा भण्डारीले अवार्ड पाइन् । यो मनोनयनमा फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ सेख, पौडी डुवाना लामा र टेनिसकी अभिलाषा विष्ट थिए ।

विधा पारा एथलिट सम्मान तेक्वान्दोकी पलेसा गोवर्धन, स्पेसल अवार्ड ब्याडमिन्टन खेलाडीत्रय रत्नजित, सारादेवी र नङसलदेवी तामाङका मातापिता दानबहादुर तामाङ र मायादेवी मोक्तानलाई दिइयो ।

लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पियन तथा एथलेटिक्स प्रशिक्षक रघुराज वन्त र एसियन स्पोट्स जर्नालिस्ट अवार्ड कतारका मोहमद हिजीले प्राप्त गर े।

वर्ष पुरुष, महिला, युवा, पिपुल्स च्वाइस र प्रशिक्षक गरी पाँच विधाका विजेताहरूले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरे । अन्य विधाका विजेताहरूले नगद पुरस्कार प्राप्त गरेका छन् ।
अवार्ड विजेताहरु

युवा खेलाडी – मनिष डाँगी (फुटबल)
प्यारा एथलिट– पलेशा गोवर्धन (तेक्वान्दो)
प्रशिक्षक – अब्दुल्लाह अलमुताइरी (फुटबल)
स्पेशल अवार्ड – ब्याडमिन्टन खेलाडीत्रय रत्नजित, सारादेवी र नङसलदेवी तामाङका मातापिता दानबहादुर तामाङ र मायादेवी मोक्तान
एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड – मोहमद हिजी (कतार)
पिपुल्स च्वाइस अवार्ड – उषा भण्डारी (भलिबल)
लाइफ टाइम अचिभमेन्ट अवार्ड – रघुराज वन्त (एथलेटिक्स)
उत्कृष्ट खेलाडी महिला – अरुणा शाही (भलिबल)
उत्कृष्ट खेलाडी पुरुष – अन्जन विष्ट (फुटबल)

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...