८३ पशुपंक्षी फार्मलाई अनुदान

Gandaki Kotihome

बेनी, । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र म्याग्दीले चालु आर्थिक बर्ष २०७९÷८० मा चार वटा कार्यक्रम मार्फत ८३ वटा पशुपंक्षी फार्मलाई अनुदान उपलब्ध गराउने भएको छ ।

साना पशुपंक्षी तथा मत्स्य व्यवसाय फार्म बिस्तार तथा स्थापना गर्न ४४, फार्म यान्त्रीकरणमा २७, नयाँ मत्स्य पोखरी निर्माणमा ८ र मुत्र संरक्षण कार्यक्रमका लागि चार वटा फार्म छनौट भएका हुन् । केन्द्रबाट उनिहरुले रु. ८७ लाख अनुदान पाउने पशु सेवा प्राविधिक गणेश रिजालले जानकारी दिनुभयो ।

“सार्वजनिक सूचना जारी गरेर प्राप्त भएको आवेदनहरुको स्थलगत मुल्याङ्कन गरेर कार्यबिधी अनुसार छनौट गरिएको हो,” उहाँले भन्नुभयो “कुल लागतको पचास प्रतिशत अनुदान उपलब्ध गराउने र आधा रकम सञ्चालकले ब्यहोर्नुपर्ने हुन्छ ।”

Shreekrishna hardwear in news
Notice about ban dadalo

कुल रु. ६६ लाख वजेट बिनियोजन भएको साना पशुपंक्षी फार्म बिस्तार तथा स्थापना कार्यक्रमका लागि १२० वटा र रु. १० लाख बजेट रहेको फार्म यान्त्रीकरण कार्यक्रममा ५५ वटा आवेदन परेको थियो । रु. पाँच लाख बजेट विनियोजन भएको नयाँ मत्स्य विकास कार्यक्रममा ९ र रु. छ लाख वजेट रहेको मलमुत्र संरक्षण कार्यक्रमको लागि ६ वटा आवेदन परेका थिए ।

बाख्रा, गाईभैसी, बंगुर, कुखुरा, माछापालन गर्ने कृषकहरुले अनुदान पाउने भएका हुन् । केन्द्रका प्रमुख जिवन प्रसाद आचार्यले दूध, माछा, अण्डा उत्पादन बढाएर आत्मनिर्भर बनाउने र पशुपालनतर्फ आकर्षण बढाउन गण्डकी प्रदेश सरकारको योजना अनुसार अनुदान दिन लागिएको बताउनुभयो ।

चालु आर्थिक वर्षको बाँकी कार्यक्रमको लाभग्राही छनौट प्रक्रीयामा रहेको छ । केन्द्रले गत आर्थिक वर्ष २०७८÷७९ मा ४३२ जना कृषक, फार्म, समूह र सहकारीलाई रु. एक करोड ७९ लाख अनुदान वितरण गरेको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...