एमाले अध्यक्ष ओलीलाई विष्टको जवाफ : तपाईंको अभिव्यक्तिले एमाले मुस्ताङको भविष्यमाथि चुनौति थपियो

Gandaki Kotihome

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै पार्टीका कार्यकर्ता तथा गण्डकी प्रदेश सभाका पूर्व सदस्य ईन्द्रधारा विष्टले बौद्ध विश्वविद्यालयबारे जवाफ फर्काएका छन् । एमाले गण्डकी प्रदेश सदस्य विष्टले एमाले अध्यक्ष ओलीले मुस्ताङमा बौद्ध विश्वविद्यालय बनाउने विषयमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टी जनाउँदै जवाफ फर्काएका हुन् । विष्टले पढेको र बुझेको सबै यथार्थ नहुने बताउदै अध्यक्ष ओलीले भनेजस्तो मुस्ताङमा बौद्ध विश्वविद्यालय स्थापना गर्ने नभई बुद्ध दर्शनको उच्च शिक्षा लिने ठाउँमा मात्र भएको स्पष्ट पारेका छन् । साथै मुस्ताङमा बुद्ध दर्शनको उच्च शिक्षा लिने ठाउँ आवश्यक रहेको र त्यहाँ विश्वविद्यालय बनाउँदैमा विदेशीको खेल मैदान नहुने बताएका छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...