भूपु सैनिक सहकारीका सदस्यलाई प्रशिक्षण

khali

बेनी, । बेनीमा केन्द्रिय कार्यालय रहेको भुतपूर्व सैनिक बचत तथा ऋण सहकारीका संस्थाका शेयर सदस्यलाई अभिमुखीकरण गरिएको छ ।

सहकारीले शनिबार बेनीमा शेयर सदस्यहरुका लागि सहकारी शिक्षा कार्यक्रम मार्फत अभिमुखीकरण गरेको हो । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ( नेफ्स्कून) का फिल्ड कार्यक्रम अधिकृत यमकला सुवेदीले सहकारीका सिद्धान्त, मार्गदर्शन र आधारभतु नीति नियमहरुको बारेमा सहजीकरण गर्नुभएको थियो ।

उहाँले सहकारी सहकारीका शेयर सदस्यहरुको स्वनियमित हुने संस्था भएकाले आफ्नो सहकारीलाई कस्तो बनाउने भन्ने दायित्व र जिम्मेवारी सहकारीका सदस्यहरुमै निर्भर रहने बताउनुभयो ।

Shreekrishna hardwear in news
khali

सहकारीका सिद्धान्त र विधिलाई पालना गरेका सहकारीहरुमा कुनैपनि समस्या नहुने बताउँदै उहाँले उद्यमशिलता र उत्पादनमुलक क्षेत्रमा लगानी गरेमा शेयर सदस्यहरुको आर्थिक अवस्थामा सुधार र स्वरोजगार बन्नुका साथै सहकारीको अवस्था समेत मजबुत बन्नेमा जोड दिनुभयो ।

सहकारीका अध्यक्ष बालकृष्ण सुवेदीले २०६३ सालमा ३७ जनाबाट सुरु भएको भुतपूर्व सहकारीमा अहिले १ हजार ७ सय ४९ जना शे सदस्य संख्या पुगेको र बेनीमा केन्द्रिय कार्यालय र रघुगंगा गाउँपालिका–३ मौवाफाँटबाट सेवा केन्द्रको रुपमा बचत संकलन तथा ऋण लगानीको कारोवारको सेवा प्रवाह गर्दै आएको बताउनुभयो ।

उहाँका अनुसार ५० कित्ता भन्दा माथिका सदस्य संख्या २७९ जना रहेका छन् । सहकारीका अध्यक्ष सुवेदीको अध्यक्षता, उपाध्यक्ष झलप्रसाद गौचनको स्वागत र सचिब लेखबहादुर हमालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...